Skip to main content

साझा अक्षर

आज विश्वकर्मा पूजा, मेसिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजा गरी मनाइँदै

 

असोज १ ।। आज विश्वकर्मा पूजा, मेसिनरी पार्टपूर्जा तथा प्राविधिक सामाग्रीको पूजा आजा गरी मनाइँदै छ ।

कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा यातायातका साधनहरू, हात हतियार, कारखानाहरू, उद्योगहरूमा पूजा अर्चना गरिनुका साथै भजनकृतन र आरती  गरिन्छ ।

भगवान विश्वकर्माको जन्म भएको दिनका रूपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा पूजाको रूपमा  मानिन्छ ।

यो नेपालसहित पूर्वोत्तर भारत र बंगाल राज्यमासमेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।

महादेवबाट पाएको सृष्टिको सृजना गर्ने जिम्मेवारी निभाउने क्रममा ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएको धार्मिक विश्वास छ ।

हिन्दु धर्मावलम्बीहरूले विश्वकर्मालाई विश्वकै पहिलो इन्जिनियर र वास्तुकारको रूपमा लिने गर्दछन् । शास्त्रमा उल्लेख भएअनुसार उनले पाताल, मध्य लोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेका थिए ।

उनले सत्य युगमा स्वर्गलोक, त्रेता युगमा लंका, द्वापर युगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मूर्ति बनाएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...