Skip to main content

साझा अक्षर

श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमानद्वारा झुण्डिएर आत्महत्या

 

झापा असोज ६ ।। इलामको साँखेजुङमा एक व्यक्तिले श्रीमतीलाई घाइते बनाई आफूले झुन्डिएर आत्महत्या गरेका छन्।

इलाम नगरपालिका वडा नं.१ साखेजुङ बस्ने ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै श्रीमती ४० वर्षीया टिका मुखिया (राई) लाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले आत्महत्या गरेका हुन् ।

आज बिहान १० बजे राईले श्रीमती टिकालाई बाँया हात र टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएका थिए । घटनाबारे छिमेकीले  प्रहरी चौकी रक्सेमा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाएको थियो । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ ।

खुकुरी प्रहार गर्ने प्रकाशचन्द्रलाई खोजतलास गर्ने क्रममा सोही ठाउँमा रहेको झिगनिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनलाई  फेला परेका थिए । घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...