Skip to main content

साझा अक्षर

श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमानद्वारा झुण्डिएर आत्महत्या

 

झापा असोज ६ ।। इलामको साँखेजुङमा एक व्यक्तिले श्रीमतीलाई घाइते बनाई आफूले झुन्डिएर आत्महत्या गरेका छन्।

इलाम नगरपालिका वडा नं.१ साखेजुङ बस्ने ४५ वर्षीय प्रकाशचन्द्र राईले आफ्नै श्रीमती ४० वर्षीया टिका मुखिया (राई) लाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले आत्महत्या गरेका हुन् ।

आज बिहान १० बजे राईले श्रीमती टिकालाई बाँया हात र टाउकोमा खुकुरी प्रहार गरि घाइते बनाएका थिए । घटनाबारे छिमेकीले  प्रहरी चौकी रक्सेमा जानकारी गराएका थिए । प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाएको थियो । बोल्न नसक्ने उनको अवस्था गम्भीर रहेको छ ।

खुकुरी प्रहार गर्ने प्रकाशचन्द्रलाई खोजतलास गर्ने क्रममा सोही ठाउँमा रहेको झिगनिको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनलाई  फेला परेका थिए । घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...