Skip to main content

साझा अक्षर

बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग

 

बिर्तामोड, असोज ९ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ ।

आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने निर्णय गरेको हो । बैठकपछि सहयोग रकम हस्तान्तरण गरिएको गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिए ।

भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोड भएका कारण ध्वस्त बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनी पुनर्निर्माणका लागि रकम सहयोग गरिएको हो ।

स्थानीय युवाहरूको अगुवाइमा पुनर्निर्माणका लागि काम सुरु गरेसँगै सहयोग रकम जुट्न थालेको छ । पुनर्निर्माण समितिका संयोजक रमेश चौधरीलाई गोल्डकपले नगदै सहयोग प्रदान गरेको हो ।

यसैबीच, पुनर्निर्माणका निमित्त एकका लागि एक अभियानले १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश शिवाकोटीले एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...