साझा अक्षर

विश्व पर्यटन दिवसको अवसरमा बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 

बिर्तामोड असोज ११ ।। विश्व पर्यटन दिवस २०२५ काे अवसरमा झापाको बिर्तामोडमा वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

ह्याप्पी ड्रिम्स चेप्टी प्रालीकाे आयाेजना तथा पर्यटन पत्रकार मञ्च झापाकाे संयाेजनमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा पर्यटन क्षेत्रमा धेरै सम्भावना भएतापनि सरकारले चाहेजति लगानी गर्न नसक्दा सोचे अनुरूप फाइदा लिन नसकेको बताइएको थियो।

पर्यटन कार्यालय काँकडभिटाको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तथ्याङ्क हेर्दा तेस्रो मुलुकबाट नेपाल भित्रिने  पर्यटकको सङ्ख्या दोब्बरले वृद्धि भएको छ।

 

आर्थिक वर्ष २०८०/0८१ मा ९,७६१ जना पर्यटक नेपाल भित्रिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा नेपालभित्रने पर्यटकमा १३,६७८ जना रहेकाे पर्यटन कार्यालय काँकरभिटाका प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो । सो कार्यालयको तथ्याङ्क अनुसार काँकरभिटा नाका प्रयोग गरेर भित्रने भारतीय पर्यटकहरूको सङ्ख्या पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा ७१ हजारभन्दा बढी पर्यटक आएकोमा आर्थिक वर्ष 20८१/०८२ मा ७८ हजार भन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटन कार्यालयका अनुसार भर्खरै पर्यटन नीति २०८२ जारी भएको छ। जसले गर्दा निजी एवं सामुदायिक पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सम्भव रहेको कार्यालय प्रमुख खतिवडाले दाबी गर्नुभएको छ।

पर्यटन कार्यालयले सुधारका कार्यक्रमहरू गरिरहेको बताए तापनि निजी क्षेत्रका पर्यटन व्यवसायीले भने सरकारले निजी क्षेत्रलाई महत्व नदिएको बताएका छन्।ह्याप्पी ड्रिम्स चेप्टी प्रालीका सञ्चालक दिनेश शिवाकोटीले प्रत्येक वर्ष ५ लाख बढी पर्यटक भित्र्याउन सफल भएको आफ्नो प्रालीमा राज्यले न्यूनतम सहयोग पनि नगरेको बताएउनु भएकाे छ । उहाँले लाखौं पर्यटकलाई भित्र्याउन सफल भएको भएतापनि राज्यले प्रचारप्रसार नगरिदिँदा ठूलो सम्भावना भएतापनि आज सीमित पर्यटक मात्र आफ्नो प्रालिमा आउने गरेको उहाँले बताउनुभयो । उहाँले वार्षिक ५० लाख बढी भारतीय पर्यटक नेपालभित्रने सम्भावना भएतापनि प्रचारप्रसारको अभावमा त्यो सम्भव नभएको उहाँको दाबी छ।

पर्यटकहरू नेपालभित्रनसाथ विभिन्न झन्झटिलो समस्या रहेको उहाँको दाबी छ। उहाँले विदेशी पर्यटकलाई सहज आवागमनको व्यवस्था मिलाउन सके धेरै पर्यटक आउने दाबी गर्नुभयो। पर्यटन व्यवसायी शिवाकोटीले हाल तीनवटा पर्यटकीय क्षेत्र निर्माण गर्नुभएको छ। निजी क्षेत्रबाट सञ्चालित पर्यटकीय क्षेत्रमध्ये चुवाकोटीले सञ्चालन गरेको पर्यटकीय क्षेत्रहरू प्रदेशकै सबैभन्दा बढी पर्यटक भित्रने गन्तव्य स्थल रहेका छन्।

उहाँले सञ्चालन गरेको चेप्टी ,ह्याप्पी ल्यान्ड अहिले सञ्चालनमा छन् भने साइन्स पार्क छिट्टै सञ्चालनको तयारी भइरहेको छ।

पर्यटन पत्रकार मञ्चको संयोजनमा भएको कार्यक्रमका संयोजक मञ्चका अध्यक्ष विनोद पाण्डेले निजी क्षेत्रलाई सरकारले नीतिगत सहयोग गर्न जरुरी रहेको बताउनुभएको छ। उहाँले निजी क्षेत्र सामुदायिक क्षेत्र र सरकारी क्षेत्र एकताबद्ध रुपमा अघि बढ्न सके मात्र पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा पर्यटन कार्यालय काँकरभिटाका प्रमुख खतिवडाको प्रमुख आतिथ्यता ,ह्याप्पी ड्रिम्सका सञ्चालक शिवाकोटीको अध्यक्षता साथै पर्यटन पत्रकार मञ्चका अध्यक्ष पाण्डेको संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो। साथै पर्यटन कार्यालय काँकरभिटाका अधिकृत निरज दर्नाल,ह्याप्पी ड्रिम्स प्रालीका कर्मचारी लिलाराज कार्की र लोचन सापकोटा साथै पर्यटन पत्रकार मञ्चका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमकाे सहजीकरण पर्यटन पत्रकार मञ्चका उपाध्यक्ष पुष्प बरालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...