Skip to main content

साझा अक्षर

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

 

२२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले ‘हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ‘नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,’ ‘सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।

हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । झापाको गौरिगञ्ज–१ र झापा गाउँपालिकालाई जोड्ने कन्काई पुल निर्माण नहुँदा हिउँदमा बाँसको फड्के र बर्खामा डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आवत जावत गर्नुपर्ने बाध्यता छ । बाँसको पुल तरेर यात्रा गर्दा ५० रुपैयाँसम्म तिर्नुपर्छ भने डुंगाको सहारामा यात्रा गर्दा १०० रुपैयाँसम्म तिर्नुपरेका स्थानिय बताउँछन् ।

त्यसमा पनि पछिल्लो वर्षा र बाढीका कारण यो क्षेत्रतर्फको सम्पर्क मार्ग अवरुद्ध भएको छ । भद्रपुर देखी विराटनगर जोड्ने छोटो बाटो कनकाई पुल नबन्दा सञ्चालनमा आउन सकेको छैन ।
विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो ।
आगामी दिनमा पुल छिटो निर्माणका लागि थप दबाबमुलक कार्यक्रम गर्दै जाने स्थानिय यूवा मुकेश राजवंशीले बताए । यसका लागि स्थानियबासीको हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने तयारी छ । पुल नबन्दासम्म दबाबमुलक अभियान जारी रहने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...