Skip to main content

साझा अक्षर

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

 

२२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार अलपत्र पुल भएकै स्थानमा पुगेर युवाहरुको समुहले प्ले कार्ड सहित प्रदर्शन गरेको हो । उनीहरुले ‘हामीबाट भयो के भुल, सरकार चाँडो बना पुल’, ‘नचाहिने भ्यू टावर भन्दा चाहिने पुल बना सरकार,’ ‘सरकार ! पूर्ण निर्माण सँगै विकास निर्माण पनि गर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।

हुलाकी सडकको यो पुल १४ वर्षदेखि अलपत्र छ । ठेक्का लिएको निर्माण कम्पनीले काम नगर्दा पुल अलपत्र छोडिएको हो । पुल नबन्दा यहाँका स्थानियबासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । झापाको गौरिगञ्ज–१ र झापा गाउँपालिकालाई जोड्ने कन्काई पुल निर्माण नहुँदा हिउँदमा बाँसको फड्के र बर्खामा डुंगाको जोखिमपूर्ण यात्रा गर्दै आवत जावत गर्नुपर्ने बाध्यता छ । बाँसको पुल तरेर यात्रा गर्दा ५० रुपैयाँसम्म तिर्नुपर्छ भने डुंगाको सहारामा यात्रा गर्दा १०० रुपैयाँसम्म तिर्नुपरेका स्थानिय बताउँछन् ।

त्यसमा पनि पछिल्लो वर्षा र बाढीका कारण यो क्षेत्रतर्फको सम्पर्क मार्ग अवरुद्ध भएको छ । भद्रपुर देखी विराटनगर जोड्ने छोटो बाटो कनकाई पुल नबन्दा सञ्चालनमा आउन सकेको छैन ।
विसं २०६८ मा निर्माण सम्झौता भएको पुल हालसम्म पनि नबन्दा यहाँका स्थानीय बासिन्दाले सास्ती बेहोर्न परेको छ । यो पुल निर्माण सम्पन्न भएको भए झापा जिल्ला कोशी प्रदेश राजधानी विराटनगरबीचको यातायात सहज हुने थियो ।
आगामी दिनमा पुल छिटो निर्माणका लागि थप दबाबमुलक कार्यक्रम गर्दै जाने स्थानिय यूवा मुकेश राजवंशीले बताए । यसका लागि स्थानियबासीको हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने तयारी छ । पुल नबन्दासम्म दबाबमुलक अभियान जारी रहने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...