Skip to main content

साझा अक्षर

गाडीसहित बेपत्ता भएका शर्माको सब गाडिएको अवस्थामा फेला

 

बिर्तामोड कार्तिक १५ ।। कही दिन देखि हराइरहेका शिवसताक्षी नगरपालिका–१० सन्थाल बस्तीका सरोज शर्माको शब हत्या गरी गाडेको अवस्थामा फेला परेको छ ।

३२ वर्षीय शर्मा ७ दिनअघि गाडी सहित बेपत्ता भएका थिए । उनको शब हुलाकी राजमार्गमा पर्ने बारादशी गाउँपालिका र झापा गाउँपालिका बीच पर्ने बिरिङ खोलाको पुल मुनी गाडिएको अवस्थामा भेटिएको छ ।

उनले चलाउंदै आएको गाडि दुई दिन अघि झापाको मेचीनगर–१३ चारआली भद्रपुर रोड नजिकको हातेमालो सामुदायिक वनभित्र आगजनी गरिएको अवस्थामा फेला परेको थियो ।

उनका परिवारका अनुसार गत आइतबारदेखि शाह र गाडी दुबै सम्पर्कविहीन थिए। उक्त गाडीको अल्फाबेट नखुले पनि शाहले चढ्दै आएको गाडी नम्बर भने ७१९४ रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाले घटना पश्चात खोजी कार्य जारी राखेको थियो । यसै क्र्रममा प्रहरीले दुई जनालाई प्रक्राउ गरेको छ । शाह थरका एक जना युवकलाई मोरंगबाट पक्राउ गरेको छ । उनलाई जोगमुनी नजिकबाट पक्राउ गरिएको हो । त्यस्तै अर्का एक जनालाई माइधारबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका नातेदार भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...