Skip to main content

साझा अक्षर

बराहक्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल, तिजोक एफ सी र राके एफ सी विजयी

 

इम्बुङ कार्तिक १९।।  ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगीता अन्तर्गत आज दोस्रो दिन भएको खेलमा जित निकाल्दै तिजोक एफसी नमिडाँडा र राके एफसी पाँचथर  सेमिफाइनलमा प्रवेश गरेका छन्।

फाल्गुनन्द गाउँपालिका वडा नम्बर २ इम्बुङ स्थित सत्यहाङमा उच्च माविको इनम खेलमैदानमा आज भएको पहिलो खेलमा स्टार खेलाडीहरूले भरिएको ग्रिनपिस एफसी फाल्गुनन्द ३ पौवा सार्तापलाई ३–० गोल अन्तरले पराजित गर्दै तीजोक एफसी अन्तिम चारमा प्रवेश गरेको हो तिजोककालागि जर्सी नम्बर ७ का प्रणय आङदम्बेले दुई गोल गरे।

प्रतिस्पर्धात्मक बनेको खेलमा फाल्गुनन्द ग्रीन पिस पौवा सारतापका खेलाडीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै घर फर्किएको छ। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै मैदान उत्रिएको ग्रीन पिसले अन्तिममा पाएको पेनाल्टी अवसरलाई पनि सदुपयोग गर्न सकेन  ग्रिनपिसका विवेक सोनामको प्रहार तिजोका गोलकिपरले उत्कृष्ट बचाउ गरे

आज नै भएको दोस्रो खेलमा खुदनाबारी एफसी झापालाई ४-० गोल अन्तरले पराजित गर्दै राके एफसी पाँचथर अन्तिम चारमा प्रवेश गरेको छ। राकेका लागि शेखर राईले दुई सुशान कार्की र मनिष लिम्बुले एक एक गोल गरे खुदुनाबारीले भने त्यति राम्रो प्रदर्शन गर्न सकेन पाएका केही अवसरहरूलाई गोल गर्न नसक्दा खुदनाबारी एफसी पहिलो खेलबाटै घर फर्किएको छ

भोलि हुने पुरुषतर्फको अन्तिम क्वार्टर फाइनल खेलमा सृजनशील क्लब कुम्मयक र फुङबारी नाम्तोक एफसी बीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी भोलिबाट  महिलातर्फको खेल  सुरु हुनेछ ।महिला तर्फको पहिलो खेल आयोजक  टु
स्टार ग्रामीण सृजनशील क्लबको महिला टिम र ग्रीनपिस एफसी सारतापको महिला टिम बीच हुनेछ।

पुरुष तथा महिला फुटबलको फाइनल खेल कार्तिक २२ गते हुनेछ। पुरुषतर्फको विजेताले नगद १ लाख १५ हजार नगद आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ उपविजेता टिमले नगद रु. ७० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यस्तै महिलातर्फको विजेताले नगद १५ हजार ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् उपविजेता टोलीले नगद ८००० रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने खेलकुद संयोजक अईन्द्र फुयालले जानकारी दिएका छन्।

ऐतिहासिक वरहा क्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रम , कार्तिके पूर्णिमा मेला , मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिता समेत आयोजना गरिएको छ। सम्पूर्ण खेलप्रेमी मेलाप्रेमी दर्शक महानुभावहरूलाई उपस्थित भएर खेलको मनोरञ्जन लिनुका साथै ऐतिहासिक बराह क्षेत्र मेलाको समेत अवलोकन भ्रमण गरिदिनुहुन आयोजक कमिटी सबैमा हार्दिक अनुरोध गर्दछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...