Skip to main content

साझा अक्षर

अर्जुनधारामा राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुने

 

बिर्तामोड मंसिर ५।।  अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा  झापाको अर्जुनधारामा राष्ट्रिय स्तरको अर्जुनधारा महिला खुला भलिबल प्रतियोगिता हुुने भएको छ ।

आयोजक अर्जुनधारा नगर खेलकुद विकास समितिले आज खेलमैदान लक्ष्मी माविमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता यही मंसिर १७ गतेदेखि २१ गतेसम्म सञ्चनलन हुने प्रतियोगिताका सल्लाहकार वीरबहादुर राईले जानकारी दिए ।

प्रतियोगितामा तीन विभागीय  नेपाल एपिएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी सहित न्यु डायमन्ड, एभरेस्ट भलिबल क्लब र कोशी प्रदेश टिमको सहभागिता रहनेछ।  प्रतियोगिता लिग नकआउट का आधारमा सञ्चालन हुनेछ।

प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने दुई टिमले नगद ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद पाँच हजार र ट्रफी पाउने छन् ।

त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले नगद १० हजार र ट्रफी प्राप्त गर्ने  सल्लाहकार राईले जानकारी दिए।  प्रतियोगिता सम्पन्न गर्न २७ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

पत्रकार सम्मेलनमा अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोमदेन, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, नेपाल भलिबल सङ्घका उपाध्यक्ष मदन खड्का , अर्जुनधारा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिश्चन्द्र बास्तोला, अर्जुनधारा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल प्रतियोगिता संयोजक प्रभा कामबाङ झापा भलिबल सङ्घका महासचिव खडानन्द खतिवडा , आर्थिक संयोजक नन्दहाङ नेम्बाङ, सहसंयोजक विशाल लिम्बु लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मला पोखरेल लगायतको आतिथ्यता रहेको थियो।

लक्ष्मी माध्यमिक विद्यालय सहआयोजक रहेको प्रतियोगिता सोही विद्यालय को प्राङ्गणमा अर्जुन धारा ६ मा सञ्चालन हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...