Skip to main content

साझा अक्षर

गरुवा कप फुटबल लक्ष्मीपुर एफसी र सनिश्चरे एफ सी उपाधिका लागि भिड्ने

 

माई मंसिर २७।। झापाको शनिश्चरे फुटबल क्लब अर्जुनधारा र इलामको लक्ष्मीपुर एफसी दोस्रो गरुवा कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

इलामको माई नगरपालिका ४ दानाबारीस्थित शुक्रबारे खेलमैदानमा आजको पहिलो सेमिफाइनल खेलमा आयोजक नमुना युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै लक्ष्मीपुर एफसी इलाम फाइनल प्रवेश गरेको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा स्टार खेलाडीहरूका साथ मैदान उत्रिएको आयोजकलाई स्तब्ध पार्दै लक्ष्मीपुर एफसी फाइनल प्रवेश गरेको हो। आशिष चापागाईं, रोमन योगी ,विनोद धमला, जस्ता चर्चित तथा अनुभवी खेलाडीका साथ मैदान उत्रिएको आयोजकले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिएको छ

त्यस्तै आज भएको दोस्रो सेमी फाइनल खेलमा ह्याप्पी ड्रिम्स चेप्टीलाई चार एक गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसी फाइनल प्रवेश गरेको हो। शनिश्चररे एफसीका लागि श्याम मुर्मुले दुई निमा तामाङ र सौरभ लिम्बुले एक एक गोल गरे। सुनिश्चरे एफ सी अब उपाधिका लागि लक्ष्मीपुर एफसी इलामसँग प्रतिस्पर्धा गर्नेछ।

नमुना युथ क्लबले आयोजना गरेको प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका गरी उत्कृष्ट १६ वटा टिमहरूको सहभागिता रहेको थियो। फाइनल खेल  पर्सी मङ्सिर २९ गते हुनेछ। प्रतियोगिताको विजेताले नगद रु. १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी उपविजेता हुने टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने नमुना युथ क्लबका अध्यक्ष रञ्जन श्रेष्ठले जानकारी दिएका छन्।

गरुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण खेलहरूको गेम अफ नेपालबाट प्रत्यक्ष प्रसारण समेत हेर्न सक्नुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...