Skip to main content

साझा अक्षर

दोस्रो गरुवा कप फुटबल प्रतियोगिताको उपाधि शनिश्चरे एफसी अर्जुनधारालाई

 

मङ्सिर २९ ।। दोस्रो संस्करणको गरुवाकप फुटबल प्रतियोगिताको उपाधि सनिश्चरे एफसी अर्जुनधाराले जितेको छ।

हिजो भएको फाइनल खेलमा प्रतिस्पर्धी लक्ष्मीपुर एफसी इलामलाई १-० गोल अन्तरले पराजित गर्दै शनिश्चरे एफसीले उपाधि जितेको हो। शनिश्चरेका लागि देवेन्द्र तामाङले निर्णायक गोल गरे।

माई नगरपालिका चार दानाबारी स्थित शुक्रबारे खेलमैदानमा हिजो भएको फाइनल खेलमा दुवै टिमले उत्कृष्ट खेल प्रस्तुत गर्दै दाबेदारी प्रस्तुत गरेका थिए। तर  इन्जुरी समयमा शनिश्चरेका देवेन्द्र तामाङले पाएको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई उपाधि दिलाए

लक्ष्मीपुर एफसी इलामले राम्रो प्रदर्शन गर्दै शनिश्चरेलाई दबाबमा राखे पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामै चित्त बुझाउनुपर्यो। विजेता शनिश्चरे एफ्सीले नगद १ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता लक्ष्मीपुर एफसी इलामले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

विजेता तथा उपविजेता टिमलाई क्लबका अध्यक्ष तथा समापन समारोहका सभाध्यक्ष रन्जन श्रेष्ठ प्रमुख अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष तथा विशिष्ट व्यक्तिहरुले पुरस्कार प्रदान गरे

नमुना युवा समूह माई नगरपालिका ४ शुक्रबारेले आयोजना गरेको प्रतियोगितामा इलाम झापा र मोरङका गरी कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...