Skip to main content

साझा अक्षर

तेस्रो तरुणकप फुटबल प्रतियोगिता वडा नम्बर २ फाइनल प्रवेश

 

देउमाई पौष ९ ।। इलामको देउमाई नगरपालिकामा जारी तेस्रो देउमाई तरुण कप वडास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन वडा नम्बर २ विजयी हुँदै फाइनल प्रवेश गरेको छ।

अर्को उपाधि दाबेधर मानिएको वडा नम्बर ३लाई ३- २ गोल अन्तरले पराजित गर्दै गत संस्करणको विजेता वडा नं २ तेस्रो संस्करणमा पनि फाइनल प्रवेश गरेको हो। पराजित भएसँगै वडा नम्बर ३ यो प्रतियोगिताबाट बाहिरिएको छ।

देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा अग्रता भने वडा नम्बर ३ ले लिएको थियो। नम्बर ३ का श्याम राईले गोल गर्दै वडा नम्बर ३ लाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन राइट साइडबाट बारम्बार मुभ बनाइरहेको वडा नं २ ले अन्तत मुकेश मगरको गोलबाट बराबरी गोल गर्न सफल भयो। वडा नम्बर २ त्यतिमै सीमित रहेन  वडा नम्बर ३ लाई बारम्बार दबाबमा राख्दै पुन दोस्रो गोल गर्यो। वडा नम्बर २ का तर्फबाट सुसन मगरले गोल गरेसँगै वडा नम्बर २ ले अग्रता दोब्बर बनाएको हो।  त्यसपछि दुवै टिमबाट गोल भएन पहिलो हाफ २-१ को अवस्थामा सकिएको थियो

खेलमा फर्किने रणनीतिका साथ दोस्रो हाफमा मैदान प्रवेश गरेको वडा नम्बर ३ ले केही सुधारिएको प्रदर्शन गर्दै वडा नम्बर २ लाई दबाब राखिरहेको थियो। तर डिबक्सको  बाहिरपट्टि पाएको फ्री किकमा शम्भु राईले उत्कृष्ट गोल गर्दै खेल लाइ ३-१ को अवस्थामा पुर्‍याए त्यसपछि अझै दबाबमा रहेको वडा नं ३ ले अन्तिम अन्तिम समयमा खेलमा फर्किने संकेत भने गरेको थियो ।३ का लागि अनिल राईले दोस्रो गोल गरे।

त्यसपछि कुनै  टिमबाट गोल हुन सकेन र  डिफेन्डिङ च्याम्पियन वडा नम्बर २ वडा नम्बर ३ लाई पराजित गर्दै फाइनल प्रवेश गर्न सफल भयो।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई फाइनल पुर्‍याउन सफल विजेता टिमका जर्सी नम्बर ८ का शम्भु राई म्यान अफ द म्याच बन्न सफल भए। उनलाई आयोजक समितिका अध्यक्ष बिमलकाजी खम्बु र अतिथि तीर्थ मगरले नगद १००० र ट्रफी प्रदान गरे।

प्रतियोगिता अन्तर्गत भोलि दोस्रो सेमीफाइनल खेल हुनेछ भोलि हुने दोस्रो सेमीफाइनल खेलमा वडा नम्बर ४ र वडा नम्बर १ का बीचमा  खेल हुने आयोजक समितिका अध्यक्ष बिमल आजी खम्बुले जानकारी दिए।

हाम्रो गोल लागू औषध विरुद्धको बोल भन्ने मुख्य नाराका साथ स्थानीय स्तरमा रहेका खेलाडीहरूलाई उजागर गर्ने र खेलकुदको माध्यमबाट युवाहरूलाई सही मार्ग निर्देशनमा डोर्याउने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर कमिटीले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको फाइनल खेल पौष १२ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद ६० हजारसहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका सचिव विनम ढकालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...