Skip to main content

साझा अक्षर

सहारा नेपाल साकोस मङ्गलबारेको एकाइ साधारण सभा सम्पन्न, उत्कृष्ट ऋणी र बचतकर्ता सम्मानित 

 

मंगलबारे इलाम।।  सहारा नेपाल साकोस लिमिटेड सेवाकेन्द्र मङ्गलबारेको २९ औँ वार्षिक एकाइ साधारण सभा सम्पन्न भएको छ।

देउमाई नगरपालिका वडा नम्बर ४ स्थित संस्थाको सभा हलमा हिजो सम्पन्न साधारण सभा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक विक्रम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। समूह सेयर सदस्य कुनतादेवी बरालको प्रमुख अतिथ्यता रहेको कार्यक्रमलाई केन्द्रीय कार्यालय प्रतिनिधि तथा सहारा नेपाल सकोस् लि का सञ्चालक समिति सदस्य भोला धिताले सहजीकरण गरेका थियो। उक्त  कार्यक्रम प्रेमराज राईले सञ्चालन गरेका थिए।

साधारण सभाको कार्यक्रमका प्रमुख ज्यूबाट पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो। त्यस्तै साधारण सभाको अवसरमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृत्यु भएका सेयर सदस्यको ऋण मिनाहा साथै उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान समेत गरिएको छ।

जस अन्तर्गत समूह नम्बर ०१७ कि सेयर सदस्य ऋणि एतरानी लिम्बुको मृत्यु भएकोमा उहाँको  बकी रहेको १ लाख ३० हजार ऋण मिना गरिएको छ। गरेर संस्थाबाट ऋण लिएर समयमा नै सावा ब्याज तिरेर उत्कृष्ट ऋणी बन्दै समूह नम्बर ०७७ कि सदस्य कृष्णकुमारी मगर उत्कृष्ट ऋणी पुरस्कारबाट पुरस्कृत भएकी छन्। त्यस्तैगरी समूह नम्बर १३० कि सेयर सदस्य अम्बिका थापा उत्कृष्ट बचतकर्ताको सम्मानबाट सम्मानित भएकी छन्।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...