Skip to main content

साझा अक्षर

सहारा नेपाल साकोस मङ्गलबारेको एकाइ साधारण सभा सम्पन्न, उत्कृष्ट ऋणी र बचतकर्ता सम्मानित 

 

मंगलबारे इलाम।।  सहारा नेपाल साकोस लिमिटेड सेवाकेन्द्र मङ्गलबारेको २९ औँ वार्षिक एकाइ साधारण सभा सम्पन्न भएको छ।

देउमाई नगरपालिका वडा नम्बर ४ स्थित संस्थाको सभा हलमा हिजो सम्पन्न साधारण सभा सेवा केन्द्र सञ्चालन सहयोग उपसमिति संयोजक विक्रम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ। समूह सेयर सदस्य कुनतादेवी बरालको प्रमुख अतिथ्यता रहेको कार्यक्रमलाई केन्द्रीय कार्यालय प्रतिनिधि तथा सहारा नेपाल सकोस् लि का सञ्चालक समिति सदस्य भोला धिताले सहजीकरण गरेका थियो। उक्त  कार्यक्रम प्रेमराज राईले सञ्चालन गरेका थिए।

साधारण सभाको कार्यक्रमका प्रमुख ज्यूबाट पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो। त्यस्तै साधारण सभाको अवसरमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मृत्यु भएका सेयर सदस्यको ऋण मिनाहा साथै उत्कृष्ट ऋणी र बचतकर्तालाई सम्मान समेत गरिएको छ।

जस अन्तर्गत समूह नम्बर ०१७ कि सेयर सदस्य ऋणि एतरानी लिम्बुको मृत्यु भएकोमा उहाँको  बकी रहेको १ लाख ३० हजार ऋण मिना गरिएको छ। गरेर संस्थाबाट ऋण लिएर समयमा नै सावा ब्याज तिरेर उत्कृष्ट ऋणी बन्दै समूह नम्बर ०७७ कि सदस्य कृष्णकुमारी मगर उत्कृष्ट ऋणी पुरस्कारबाट पुरस्कृत भएकी छन्। त्यस्तैगरी समूह नम्बर १३० कि सेयर सदस्य अम्बिका थापा उत्कृष्ट बचतकर्ताको सम्मानबाट सम्मानित भएकी छन्।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...