साझा अक्षर

नेपालको पछिल्लो जनसङ्ख्या आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार

काठमाण्डाै।। नेपालको सार्वजनिक ऋण २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्त सम्मको प्रतिवेदन अनुसार १४ खर्ब ८७ अर्ब २६ करोड २२ लाख अर्थात् ५३ प्रतिशत बाह्य ऋण र १३ खर्ब १९ अर्ब १३ करोड १० लाख अर्थात् ४७ प्रतिशत आन्तरिक ऋण हो ।

साउनदेखि पुससम्मको ६ महिनामा १ खर्ब ३२ अर्ब रुपैयाँ ऋण थपिएको छ । यसअघि असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४ रहेको थियो । ६ महिनाको अवधिमा कुल ऋण ४ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ ।

सरकारले पुस महिनामा मात्रै ३६ अर्ब ४३ करोड रुपैयाँ ऋण उठाएको छ । यसमध्ये ३० अर्ब आन्तरिक ऋण र ६ अर्ब ४३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण प्राप्त भएको हो ।

यस्तै ६ महिनाको अवधिमा सरकारले २० अर्ब ११ अर्ब १५ करोड रुपैयाँ ऋणको साँवा र ब्याज भुक्तानी गरेको छ । सरकारले आन्तरिक ऋणतर्फ १७ अर्ब ४५ करोड ५४ लाख र बाह्य ऋणतर्फ २६ करोड ५६ लाख रुपैयाँ ऋणको सावाँ ब्याज तिरेको हो ।

यस्तै नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋणको अनुपात ४५ दशमलव ९५ प्रतिशत पुगेको छ । नेपालको पछिल्लो जनसङ्ख्यालाई आधार मान्दा प्रतिव्यक्ति सार्वजनिक ऋण ९६ हजार रुपैयाँ रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...