Skip to main content

साझा अक्षर

बिर्तामोड–अर्जुनधारा बसपार्क क्षेत्रको विवाद समाधानतर्फ सकारात्मक सहमति, क्याप्टेन सि के बेघा लिम्बुको स्वागतयोग्य धारणा

 

बिर्तामोड फागुन १३।। बिर्तामोड नगरपालिका वडा नम्बर ५ र अर्जुनधारा नगरपालिका वडा नम्बर ११ स्थित बसपार्क क्षेत्रको ५१ बिघा जग्गा सम्बन्धी देखिएको विवाद समाधानका लागि सर्वपक्षीय बैठकबाट महत्वपूर्ण निर्णय तथा प्रतिबद्धता सार्वजनिक गरिएको छ। फागुन १३ गते अर्जुनधारा नगरपालिकाको कार्यालयमा सम्पन्न बैठकमा सरोकारवालाहरूबीच संवाद, सहकार्य र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्ने सहमति बनेको हो।

बैठकले लामो समयदेखि रोक्का रहेको जग्गा सम्बन्धी विषयलाई कानुनी प्रक्रियाबाट टुंग्याउने, प्रभावित नागरिकहरूको माग सम्बोधन गर्ने तथा आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बसपार्क क्षेत्र तथा ५१ बिघा क्षेत्रमा राखिएका प्रतिबन्धात्मक सामग्री हटाई लोकतान्त्रिक गतिविधि सञ्चालनमा सहजीकरण गर्ने निर्णय समेत गरिएको छ।
यसै सन्दर्भमा उज्यालो नेपाल पार्टीका झापा क्षेत्र नम्बर २ का उम्मेदवार क्याप्टेन सि के बेघा लिम्बूले सर्वपक्षीय सहमतिको स्वागत गर्दै संवाद र सहकार्य नै दीगो समाधानको आधार भएको बताउनुभएको छ। उहाँले बसोबास गर्दै आएका नागरिकहरूको हक–अधिकारको संरक्षण गर्दै कानुनसम्मत ढंगले समस्या समाधान गरिनुपर्ने धारणा राख्नुभयो।
क्याप्टेन लिम्बूले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले कसैको अधिकार हनन नहुने गरी शान्तिपूर्ण वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो। “हामी विकास, पारदर्शिता र न्यायपूर्ण समाधानका पक्षमा छौं। नागरिकको पीडा सुन्ने र समाधानतर्फ पहल गर्ने प्रतिबद्धता उज्यालो नेपाल पार्टीको मूल एजेन्डा हो,” उहाँले भन्नुभयो।
स्थानीय सरोकारवालाहरूले पनि राजनीतिक दलहरूबीचको सहकार्यले समस्या समाधानतर्फ सकारात्मक सन्देश गएको प्रतिक्रिया दिएका छन्। आगामी दिनमा सम्बन्धित निकायहरूसँग समन्वय गर्दै छिटो, न्यायोचित र व्यवहारिक समाधान निकाल्ने अपेक्षा गरिएको छ।
यस सहमतिले बसपार्क तथा ५१ बिघा क्षेत्रको विवाद समाधानतर्फ नयाँ आशा जगाएको छ भने आगामी निर्वाचनलाई पनि शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...