Skip to main content

साझा अक्षर

पुष्पलाल चोकमा निर्जला ग्रिन फार्म सञ्चालनमा

 

अर्जुनधारा–६, झापा:
झापाको अर्जुनधारा–६ स्थित पुष्पलाल चोकमा ४ लाख रुपैयाँको लगानीमा ‘निर्जला ग्रीन फार्म’ सञ्चालनमा आएको छ।

फूल, फलफूल तथा सागसब्जीका गुणस्तरीय बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले फार्म स्थापना गरिएको हो।
फार्ममा एकसय रुपैयाँदेखि एकहजार रुपैयाँसम्मका विभिन्न प्रजातिका बिरुवा उपलब्ध रहेका छन्। यहाँ अजेलिया (Ajalea), क्रोटन (Croton), कृष्णकेली, क्रिसमस ट्री, भेनेस्टेरा, गार्लिक भाइन, लोरोपेटालम, मोनस्टेरा, सेन्सोभेरा (Snake Plant), पेपरमिन्ट, सिंगोनियम, भेरिगेटेड पेपे, कालाथिया, गोल्डेन हेज, ह्याङ्गिङ प्लान्ट, बक्सवुड, फर्न (ठूलो र मिडियम साइज) लगायतका सजावटी तथा इनडोर–आउटडोर बिरुवा उपलब्ध छन्।


यसका साथै सिजनअनुसारका फलफूल र सागसब्जीका बिरुवा तथा आर्गेनिक साग सब्जी बिक्रीका लागि राखिएको सञ्चालकले जानकारी दिनुभएको छ। घरायसी करेसाबारी, बगैंचा सजावट तथा व्यावसायिक खेती गर्न चाहने ग्राहकलाई लक्षित गरी बिरुवा उत्पादन गरि विक्रीवितरण गरिने बताइएको छ। साथै फार्ममा बिरुवाका लागि चाहिने आवश्यक पोषक तत्व, मलहरू ,बिरुवा  गमला र राख्ने स्टेन लगायतका सामग्रीहरु समेत उपलब्ध छन्।

फार्मले धेरै परिमाणमा अर्डर गर्ने ग्राहकका लागि होम डेलिभरी सेवा पनि उपलब्ध गराएको छ। यसले ग्राहकलाई सहजता प्रदान गर्नुका साथै व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फार्मको औपचारिक उद्घाटन गर्दै  सञ्चालक निर्जला ढुङ्गेलले स्वदेशमै स्वरोजगार सिर्जना गर्दै युवाहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बन्न प्रेरणा दिने उद्देश्यले फार्म सञ्चालनमा ल्याइएको बताउनुभयो।

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै उद्यमशीलता विकास गर्ने लक्ष्यसहित सञ्चालनमा आएको ‘निर्जला ग्रीन फार्म’ ले आगामी दिनमा अझ धेरै प्रजातिका बिरुवा उत्पादन गर्ने योजना बनाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...