Skip to main content

साझा अक्षर

मतदान पछि खुसी मुद्रामा उज्यालो नेपाल पार्टीका उमेद्वार सी. के बेघा

 

झापा ।। उज्यालो नेपाल पार्टी का झापा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सी.के. बेघा लिम्बूले आज बिहान ७ बजे बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट आफ्नो मतदान गरेका छन्।

५२ वर्षको उमेरमा पहिलो पटक मतदान गरेका लिम्बूले पहिलो मत नै आफूलाई दिन पाउँदा विशेष उत्साह र गर्व महसुस भएको प्रतिक्रिया दिए। “देशको लोकतान्त्रिक प्रक्रियामा सहभागी हुन पाउनु नै ठूलो कुरा हो। पहिलो मतदान आफ्नै पक्षमा गर्न पाउँदा झन् जिम्मेवारी थपिएको अनुभूति भएको छ,” उनले भने।


लामो समय भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त गरेका लिम्बू अवकाशपछि समाजसेवा र राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यसहित राजनीतिमा सक्रिय भएका हुन्। उनी कुलमान घिसिङ को नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीमा आबद्ध भई झापा–२ बाट उम्मेदवारी दिएका छन्।
चुनावी अभियानको क्रममा उनले घरदैलो, टोलभेला र कार्यकर्ता भेटघाटलाई प्राथमिकता दिएका थिए। ठूला आमसभा भन्दा प्रत्यक्ष मतदातासँग संवादलाई महत्व दिएका लिम्बूले मतदाताबाट सकारात्मक प्रतिक्रिया र अपार माया पाएको दाबी गरे। “जनताको भरोसा नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाएर अगाडि बढेको छु।”
सरल स्वभाव, मृदुभाषी र अनुशासित व्यक्तित्वका रूपमा चिनिएका बेघाले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए। उनले झापा–२ मा रोजगारी सिर्जना, युवा सशक्तीकरण, कृषि आधुनिकीकरण र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साथै उनले निर्वाचन परिणाम जे आए पनि जनताको सेवामा निरन्तर सक्रिय रहने बताए। “कदम कदाचित पराजित भए पनि समाजसेवा र जनताको हितका लागि मेरो अभियान रोकिने छैन,” उनले स्पष्ट पारे।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिम्बूले सबै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...