Skip to main content

साझा अक्षर

पोखरी युथ क्लबकोले तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै

 

फाकफोकथुम इलाम ! फागुन २४।।   नयाँ वर्ष २०८३ को अवसरमा पोखरी युथ क्लबको आयोजनामा तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ मा रहेको जानकी माविको खेलमैदानमा आगामी चैत २२ गतेदेखि सुरु भई नयाँ वर्ष २०८३ वैशाख १ गते सम्पन्न हुने गरी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने, गाउँ–गाउँमा खेलकुद गतिविधिलाई सक्रिय बनाउने तथा ग्रामीण क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

यस प्रतियोगितामा इलाम, पाँचथर तथा झापा जिल्लाका उत्कृष्ट टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विगतका संस्करणहरूमा पनि ती जिल्लाका प्रतिस्पर्धी टोलीहरूले सहभागिता जनाउँदै प्रतियोगितालाई निकै रोमाञ्चक बनाएका थिए।

गाउँ स्तरबाटै फुटबल खेलको विकास गर्नुपर्ने आवश्यकता महसुस गर्दै  पोखरी युथ क्लबको सक्रियतामा यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ। प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुद संस्कृति विकास गर्न, युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न तथा प्रतिभावान खेलाडीहरूलाई अघि बढ्न प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतियोगिताका विजेता टोलीले ७१ हजार १७१ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टोलीले ४० हजार १४० रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नयाँ वर्षको अवसरसँगै आयोजना हुन लागेको यस प्रतियोगिताले इलाम क्षेत्रको खेलकुद गतिविधिलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...