Skip to main content

साझा अक्षर

पोखरी युथ क्लबकोले तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना गर्दै

 

फाकफोकथुम इलाम ! फागुन २४।।   नयाँ वर्ष २०८३ को अवसरमा पोखरी युथ क्लबको आयोजनामा तेस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता फाकफोकथुम गाउँपालिका वडा नम्बर ६ मा रहेको जानकी माविको खेलमैदानमा आगामी चैत २२ गतेदेखि सुरु भई नयाँ वर्ष २०८३ वैशाख १ गते सम्पन्न हुने गरी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ।

स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने, गाउँ–गाउँमा खेलकुद गतिविधिलाई सक्रिय बनाउने तथा ग्रामीण क्षेत्रमा रहेका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

यस प्रतियोगितामा इलाम, पाँचथर तथा झापा जिल्लाका उत्कृष्ट टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। विगतका संस्करणहरूमा पनि ती जिल्लाका प्रतिस्पर्धी टोलीहरूले सहभागिता जनाउँदै प्रतियोगितालाई निकै रोमाञ्चक बनाएका थिए।

गाउँ स्तरबाटै फुटबल खेलको विकास गर्नुपर्ने आवश्यकता महसुस गर्दै  पोखरी युथ क्लबको सक्रियतामा यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको छ। प्रतियोगिताले ग्रामीण क्षेत्रमा खेलकुद संस्कृति विकास गर्न, युवाहरूलाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्न तथा प्रतिभावान खेलाडीहरूलाई अघि बढ्न प्रेरणा दिने विश्वास आयोजकले व्यक्त गरेको छ।

प्रतियोगिताका विजेता टोलीले ७१ हजार १७१ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेता टोलीले ४० हजार १४० रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ। साथै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नयाँ वर्षको अवसरसँगै आयोजना हुन लागेको यस प्रतियोगिताले इलाम क्षेत्रको खेलकुद गतिविधिलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...