Skip to main content

साझा अक्षर

आजदेखि आधा तौलको ग्यास सिलिन्डर उपलब्ध हुने

 

झापा। सरकारले शुक्रबार(आज) देखि बजारमा आधी तौलको सिलिण्डर बजारमा ल्याउने तयारी गरेको छ ।

नेपाल आयल निगमको सञ्चालक समितिको बिहीबार बसेको बोर्ड बैठकले बजारमा आधी तौल (७.१ किलो) को ग्यास सिलिण्डर ल्याउने विषयमा औपचारिक रूपमा निर्णय गरेपछि शुक्रबारदेखि बजारमा आधी तौलको सिलिण्डर मात्रै बिक्री हुने भएको छ ।

नेपाल आयल निगमका एक अधिकारीका अनुसार आज अपराह्न बसेको बोर्डको बैठकले बजारमा आधी तौलको सिलिण्डर पठाउने निर्णय गरेको हो। निर्णयअनुसार आवश्यक जानकारी अहिले ग्यास उद्योगलाई पठाउन लागिएको छ ।
यसैबीच नेपाल ग्यास उद्योग संघको पनि अहिले बैठक सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाको अध्यक्षतामा बुधबार र आज बसेको बैठकले बजारको समस्यालाई समाधान गर्न आधी तौलको सिलिण्डरमा जाने विषयलाई टुंगो लगाइएको थियो । त्यहीअनुसार निगमको सञ्चालन समितिले आधी तौलको सिलिण्डरमा जाने निर्णय गरेको हो । यो निर्णय शुक्रबारदेखि लागू हुनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार हल्लाको भरमा उपभोक्ताले आवश्यकताभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण (जम्माखोरी) गर्न थालेपछि बजारमा अहिले ग्यास लिन ठूलो लाइन नै लाग्न थालेको छ ।भारतको इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पर्याप्त परिमाणमा हालसम्म ग्यास उपलब्ध गराए पनि उपभोक्ताले बढी संख्यामा ग्यास भण्डारण गर्न थालेपछि त्यसको प्रभाव बजारमा परेको मन्त्रालयका ती अधिकारीले जानकारी दिए ।
अहिले पूर्ण तौल (१४.२ किलो) को सिलिण्डरको मूल्य १९१० रुपैयाँ पर्छ । आधी तौलको सिलिण्डरको मूल्य ९५५ रुपैयाँ पर्नेछ । आधी तौलको सिलिण्डरको बाजारीकरण यो पहिलो पटक भने होइन, यसअघि नाकाबन्दीको समयमा पनि सरकारले आधी तौलको सिलिण्डरको बाजारीकरण गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...