Skip to main content

साझा अक्षर

फाल्गुनन्द ग्रीन पिस क्लबद्वारा विपन्न बिरामीलाई आर्थिक सहयोग

 

 

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३, पौवा सारतापमा रहेको फाल्गुनन्द ग्रीन पिस क्लबको कार्य समिति बैठक सम्पन्न भएको छ। कार्यसमिति बैठकले विभिन्न निर्णयहरू समेत  पारित गरेको छ।

क्लबका अध्यक्ष धन प्रसाद नेम्बाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले यसपटक नियमित गतिविधिभन्दा फरक सामाजिक कार्यसम्बन्धी महत्वपूर्ण निर्णय समेत गरेको  छ। बैठकले सोही वडाका अति विपन्न तथा केही महिनादेखि बिरामी रहेका बुद्ध बहादुर नेम्बाङ (लिले साइला)को आर्थिक अवस्था अत्यन्तै कमजोर भएको जानकारी पाएपछि उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको हो।
क्लबको निर्णयअनुसार उहाँलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल सम्म पुर्‍याउन सहयोगस्वरूप नगद रु ५,००० आर्थिक सहायता प्रदान गरिएको छ। कार्यसमितिले निर्णय गरेलगत्तै उक्त रकम  बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको क्लबका सचिव गोपाल घिमिरेले जानकारी दिए।


स्थानीय स्तरमा रहेर खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहयोगको रूपमा उक्त रकम प्रदान गरेको हो। यस कार्यले समुदायमा सहयोग र सहकार्यको भावना थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...