Skip to main content

साझा अक्षर

फाल्गुनन्द ग्रीन पिस क्लबद्वारा विपन्न बिरामीलाई आर्थिक सहयोग

 

 

पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ३, पौवा सारतापमा रहेको फाल्गुनन्द ग्रीन पिस क्लबको कार्य समिति बैठक सम्पन्न भएको छ। कार्यसमिति बैठकले विभिन्न निर्णयहरू समेत  पारित गरेको छ।

क्लबका अध्यक्ष धन प्रसाद नेम्बाङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले यसपटक नियमित गतिविधिभन्दा फरक सामाजिक कार्यसम्बन्धी महत्वपूर्ण निर्णय समेत गरेको  छ। बैठकले सोही वडाका अति विपन्न तथा केही महिनादेखि बिरामी रहेका बुद्ध बहादुर नेम्बाङ (लिले साइला)को आर्थिक अवस्था अत्यन्तै कमजोर भएको जानकारी पाएपछि उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको हो।
क्लबको निर्णयअनुसार उहाँलाई उपचारका लागि झापाको बिर्तासिटी अस्पताल सम्म पुर्‍याउन सहयोगस्वरूप नगद रु ५,००० आर्थिक सहायता प्रदान गरिएको छ। कार्यसमितिले निर्णय गरेलगत्तै उक्त रकम  बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको क्लबका सचिव गोपाल घिमिरेले जानकारी दिए।


स्थानीय स्तरमा रहेर खेलकुद तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहयोगको रूपमा उक्त रकम प्रदान गरेको हो। यस कार्यले समुदायमा सहयोग र सहकार्यको भावना थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...