Skip to main content

साझा अक्षर

घुमौँ झापा साइकलमा कार्यक्रम सम्पन्न

बिर्तामोड, चैत ३ । दिगो पर्यटन, स्वस्थ जीवनशैली र सामुदायिक गौरवको अभियानको रुपमा आयोजना गरिएको घुमौँ झापा साइकलमा कार्यक्रम समापन भएको छ ।

झापा साइक्लिङ क्लबले आयोजना गरेको तीन दिने कार्यक्रम १८५ किलोमिटर साइकल यात्रापछि सम्पन्न भएको हो । कार्यक्रम फागुन ३०, चैत १ र २ गते भएको थियो ।

क्लबका अध्यक्ष आकाश श्रेष्ठका अनुसार राइडरहरुले झापाका विभिन्न १२ वटा पालिकाहरुको यात्रा गरेका थिए । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिबरी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइएको क्लबका सचिव हिमाल खरेलले जानकारी दिए ।

पहिलो दिन ६० किलोमिटरको यात्रा भएको थियो । पर्यटन कार्यालय काँकरभिट्टाबाट सुरु भएको यात्रा बाहुनडाँगी–४९ धारा–मदन भण्डारी राजमार्ग–बर्ने चिया बगान–अर्जुनधारा जलेश्वरधाम–अर्जुनधारा नगरमा पर्ने सामुदायिक वन हुँदै जामुनखाडी सिमसार भएर दोमुखामा टुंगिएको थियो ।

दोस्रो दिन ८० किलोमिटरको यात्रा भएको थियो । दोमुखाबाट सुरु भएको यात्रा माईधार–चिल्लागढधाम–शिवगञ्ज–चौरी–हुलाकीमार्ग–झापा बजार–राजगढ–जलथल जंगल बनियानी हुँदै नेपालकै होचो स्थान कचनकवल पुगेर बनियानी बजारमा यात्रा टुंगिएको थियो ।

तेस्रो तथा अन्तिम दिन ४५ किलोमिटरको यात्रा भएको थियो । बनियानीबाट किच्चकबध–भद्रपुर–हल्दिबारी हुँदै विराटपोखर भएर बिर्तामोडमा ‘घुमौँ झापा साइकलमा’ कार्यक्रमको समापन गरिएको थियो ।

यात्रामा ५० जना साइकलयात्री तथा गाइड, मेकानिक र स्वयमसेवक रहेका थिए । झापालाई साइकल पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न, पूर्वी नेपालमा दिगो तथा शून्य–फोहोर पर्यटन प्रवर्धन गर्न, साइकलमार्फत स्वस्थ र सक्रिय जीवनशैलीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको सचिव खरेलले बताए ।

धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भूभागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन कार्यक्रम गरिएको हो ।

कार्यक्रममार्फत झापाको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र उदीयमान पर्यटन मार्गहरूलाई उजागर गर्दै साइकललाई वातावरणमैत्री र समावेशी पर्यटन माध्यमको रूपमा स्थापित गर्न खोजिएको छ । कार्यक्रमको मुख्य प्रवर्तकको रुपमा पर्यटन कार्यालय काँकरभिट्टा झापा रहेको थियो ।

समापन कार्यक्रममा सहभागी राइडहरुलाई मेडल प्रदान गरिएको थियो । कार्यक्रमका अध्यक्ष आकाश श्रेष्ठ, प्रमुख अतिथि तथा यात्रामा सहभागी राइडर पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेल, नाट्टा कोशीका महासचिव नविन खरेल लगायतले मेडल प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

गौथली’ले जित्दै दर्शकको मन, देश–विदेशमा उत्साहजनक व्यापार

  बिर्तामोड । साउन १ गतेदेखि नेपालभर तथा विदेशका विभिन्न मुलुकमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘गौथली’ ले दर्शकको उ...
रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

रेड हर्स इलाम काकरभिटा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा, झापा । दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनलमा रेड हर्स एफसी इलाम वि...
सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...