Skip to main content

साझा अक्षर

देउमाइ कप फुटबल: सूर्योदय नगरपालिका र देउमाई नगरपालिका उपाधिका लागि भिड्ने

 

डिफेन्डिङ च्याम्पियन सूर्योदय नगरपालिका पालिका स्तरीय देउमाईकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पहिलो संस्करणको उपविजेता चुलाचुली गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो।

योसँगै फाइनलमा देउमाई नगरपालिकासँगको भेट पक्का गरेको छ। सूर्योदयलाई जित दिलाउनको लागि क्याप्टेन सचिन यल्मो नवराज राई र मौसम राईले गोल गरे। पराजित टिमका लागि निर्धारित समयको अन्त्य अन्त्यतिर आशिष लावतीले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त नहुँदा चुलाचुली गाउँपालिका सेमिफाइनलबाट घर फर्किएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदय नगरपालिकाका मौसम राई म्यान अफ द म्याच बने। उनलाई जिल्ला फुटबल सङ्घ इलामका अध्यक्ष विक्रम श्रेष्ठले नगद रु ३००० ट्रफी प्रदान गरे।

प्रतियोगिताको फाइनल खेल चैत्र २१ गते देउमाई नगरपालिका र सूर्योदय नगरपालिकाबीच हुनेछ। दोस्रो संस्करणको विजेता सूर्योदय नगरपालिका तेस्रो संस्करणमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि नजिक पुगेको छ। उसलाई आयोजक देउमाई नगरपालिकाको चुनौती रहनेछ।

दुवै टिम उत्कृष्ट खेल्दै फाइनल प्रवेश गरेकाले फाइनल खेल अझै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान समेत गरिएको छ प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी लगायत विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका सचिव भवानी गजुरेल ले जानकारी दिएका छन्।

प्रतियोगिता भानुभक्त माविको छात्रावास खेलमैदान, देउमाई नगरपालिका–४ मा सञ्चालन भइरहेको छ। खेलमैदानमा स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ, जसले प्रतियोगितालाई अझै जीवन्त बनाएको छ।

यस प्रतियोगिताले इलाम जिल्लामा फुटबलप्रति बढ्दो आकर्षण झल्काउनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...