साझा अक्षर

देउमाइ कप फुटबल: सूर्योदय नगरपालिका र देउमाई नगरपालिका उपाधिका लागि भिड्ने

 

डिफेन्डिङ च्याम्पियन सूर्योदय नगरपालिका पालिका स्तरीय देउमाईकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा पहिलो संस्करणको उपविजेता चुलाचुली गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित फाइनल प्रवेश गरेको हो।

योसँगै फाइनलमा देउमाई नगरपालिकासँगको भेट पक्का गरेको छ। सूर्योदयलाई जित दिलाउनको लागि क्याप्टेन सचिन यल्मो नवराज राई र मौसम राईले गोल गरे। पराजित टिमका लागि निर्धारित समयको अन्त्य अन्त्यतिर आशिष लावतीले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त नहुँदा चुलाचुली गाउँपालिका सेमिफाइनलबाट घर फर्किएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदय नगरपालिकाका मौसम राई म्यान अफ द म्याच बने। उनलाई जिल्ला फुटबल सङ्घ इलामका अध्यक्ष विक्रम श्रेष्ठले नगद रु ३००० ट्रफी प्रदान गरे।

प्रतियोगिताको फाइनल खेल चैत्र २१ गते देउमाई नगरपालिका र सूर्योदय नगरपालिकाबीच हुनेछ। दोस्रो संस्करणको विजेता सूर्योदय नगरपालिका तेस्रो संस्करणमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि नजिक पुगेको छ। उसलाई आयोजक देउमाई नगरपालिकाको चुनौती रहनेछ।

दुवै टिम उत्कृष्ट खेल्दै फाइनल प्रवेश गरेकाले फाइनल खेल अझै रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान समेत गरिएको छ प्रतियोगिताको विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। साथै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी लगायत विभिन्न विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजक समितिका सचिव भवानी गजुरेल ले जानकारी दिएका छन्।

प्रतियोगिता भानुभक्त माविको छात्रावास खेलमैदान, देउमाई नगरपालिका–४ मा सञ्चालन भइरहेको छ। खेलमैदानमा स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ, जसले प्रतियोगितालाई अझै जीवन्त बनाएको छ।

यस प्रतियोगिताले इलाम जिल्लामा फुटबलप्रति बढ्दो आकर्षण झल्काउनुका साथै स्थानीय प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...
चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

चारआली गोल्डकप आजबाट सुरु उद्घाटन खेलमा दार्जिलिङ विजयी

  झापा ।।  प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ। उद्घाटन खेलमा दार्जिलिङ एफसीले उत्कृष्ट प्रदर्शनका साथ...
प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

प्रथम जोगीडाँडा वडा स्तरीय भलिबल आजबाट सुरु, ताप्लेजुङ र आयोजक रातो अघिल्लो चरण प्रवेश

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगी डाँडा वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ। मिक्लाजुङ गाउँपालिका...