Skip to main content

साझा अक्षर

घोप्टेभीरको भित्तो काट्ने काम सम्पन्न

पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भीरको भित्तो काट्ने काम सम्पन्न भएको छ । ६ दिनसम्म रातको समयमा सडक आवागमन बन्द गरेर भित्तो काट्ने काम गरेको मुग्लिन–मलेखु सडकका सूचना अधिकारी सचेन्द्र मिश्रले जानकारी दिनुभयो ।

उहाँकाअनुसार घोप्टेभीरको २५० मिटर लामो सडकमा झन्डै ५० मिटर माथिबाट भित्तो काटेर सडकलाई थप ४ मिटर फराकिलो बनाइएको छ । भित्तो काटिएसँगै अब सडक १२ मिटर फराकिलो भएको छ ।

यस्तै मनकामना केबुलकारबाट रमाइलो डाँडा जाने सडकको बीच भागमा पर्ने अर्को एक भित्तो काट्ने काम आधा सकिएको र त्यहाँ ७० मिटर सडक छेउको भित्तो काटेर विस्तार गर्ने योजना रहेको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।

समग्रमा यहाँ सडक विस्तारको काम ४१ प्रतिशत सम्पन्न भएको छ । अहिले कालोपत्र गर्ने, नाला बनाउने, पर्खाल लगाउनेजस्ता काम भइरहेका उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...