Skip to main content

साझा अक्षर

राष्ट्रपतिद्वारा एक अध्यादेश फिर्ता

राष्ट्रपति रामचन्द्र पाैडेलले आज संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउनुभएकाे छ ।

उहाँले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश २०८३ काे विषयवस्तुका सन्दर्भमा पुनर्विचार गर्न फिर्ता पठाउनुभएकाे राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले ६ सदस्यीय संवैधानिक परिषदमा प्रधानमन्त्रीसहित ३ जनाकाे निर्णय अन्तिम हुने गरी अध्यादेश पठाएको थियो ।

आजै राष्ट्रपति पाैडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गर्नुभएको हो ।

याेसँगै मन्त्रिपरिषद्ले सिफारिश गरेका ८ मध्ये राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गर्नुभएकाे छ । यसअघि राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी, सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी, विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्नेसम्बन्धी, सम्पत्ति शुद्धीकरणसम्बन्धी, सहकारीसम्बन्धी र सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम भोटेटार भेट्रान्स कप आजबाट सुरु: उद्घाटन खेलमा चारपाने भेट्रान्स विजयी

झापा । बुधबारे जेसीज प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा चारपान...

कालिटार युवा समाज कप : रोङ–१ र रोङ–५ उपाधिका लागि भिड्ने

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ बीच प्रतिस्पर्धा हुने भ...

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...