साझा अक्षर

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता स्काई धरान र मेची भेट्रान्स अघिल्लो चरण प्रवेश

 

बिर्तामोड वैशाख २१ ।। झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड  भेट्रान्स फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै स्काई भेट्रान्स फुटबल क्लब धरान र मेची भेट्रान्स मेचीनगर झापा अघिल्लो चरणमा प्रवेश गरेका छन्।

बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको पहिलो खेलमा चन्द्रगढी भेट्रान्स फुटबल क्लबलाई ट्राइबेकरमा पराजित गर्दै स्काई भेट्रान्स धरान अघिल्लो चरणमा प्रवेश गरेको हो। खेलमा अग्रता भने चन्द्रगढी भेट्रान्स क्लबले लिएको थियो। चन्द्रगढीका लागि खेलको पहिलो हाफको एघारौँ मिनेटमा मित्र बस्नेतले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता धेरैबेर टिक्न सकेन एकपछि अर्को आक्रमण बुन्दै स्काई  भेट्रान्स धरानले पहिलो हाफको अन्तिम अन्तिम समयमा बराबरी गोल गर्यो धरानका लागि सूर्यबहादुर राईले उत्कृष्ट गोल गर्दै खेललाई एक एकको बराबरीमा पुर्याएका थिए पछि दुवै टिमबाट कुनै गोल भएन पहिलो हाफ एकएकको बराबरीमा सकियो

दोस्रो हाफमा उच्च मनोबल र जितको लक्ष्य सहित मैदान प्रवेश गरेका दुवै टिम आक्रामक पमा प्रस्तुत भएपनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टिमबाट थप गोल हुन सकेन निर्धारित समय एकएको बराबरीमा नै सकियो। त्यसपछि खेल निर्णयका लागि ट्राइबेकरसम्म धकेलियो ।

ट्राइबेकरमा स्काई भेट्रान्स धरान ५ ४ गोल अन्तरले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्यो। धरानका लागि रोचन केसी, सुमन श्रेष्ठ, प्रकाश तामाङ ,सुनिल तामाङ र जीवन लिम्बुले गोल गरे। चन्द्रगढी भेट्रान्सका लागि प्रेम लिम्बु ,भीम मगर ,सुवास खड्का ,सागर थापाले गोल गर्दा भीम मगरको प्रहार बाहिरिएको थियो।

प्रतियोगीतामा उत्कृष्ट प्रदर्शन गरेका धरान भेरान्सका सूर्यबहादुर राई  म्यान अफ द म्याच बने। उनलाई कार्यक्रमका प्रमुख नागरिकताको पहिलो पुरस्कार प्रायोजक फुटबल प्रेमी नेत्रनारायण श्रेष्ठ र आयोजक क्लबका अध्यक्ष किरण थापा लगायतले ट्रफी तथा नगद प्रदान गरे।

तर खेलपछि चन्द्रगढी भेट्रान्स क्लबले विरोधपत्र (प्रोटेस्ट) हालेपछि सो विषयमा छलफल भइरहेको र नतिजा पेन्डिङ राखिएको आयोजक समितिले जानकारी दिएको छ

त्यस्तै आज भएको दोस्रो खेलमा कन्काई भेरान्स कन्काई सुरुङ्गा झापालाई १-० गोल अन्तरले पराजित गर्दै मेची भेरान्स मेचीनगर झापा अघिल्लो चरणमा प्रवेश गरेको छ मेची भेट्रान्सका लागि पूर्ण सुब्बाले गोल गरे।

खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा कन्काई भेट्न्सलाई दबाबमा राख्दै मेची भेटरान्सले आक्रमण गर्यो। तर पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा थप गोल गर्नबाट चुकेको थियो। पराजित कन्काई भे ट्रान्सले पनि केही मौका भने सिर्जना गरेको थियो। तर पाएका मौकालाई सही समयमा सदुपयोग गर्न नसक्दा पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई अघिल्लो चरणमा प्रवेश गराउन निर्णायक गोल गरेका पूर्ण सुब्बा म्यान अफ द म्याच भए। उनलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगीरथ आले मामा क्लबका अध्यक्ष किरण थापा धाइजन चाराली फुटबल क्लबका अध्यक्ष आशिष वन लगायतले ट्रफी तथा नगद प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुनेछन्। भोलि हुने पहिलो खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलो र ढल्क्यो जोवन भेट्रान्स  क्लब उर्लाबारी मोरङ बीच प्रतिस्पर्धा हुनेछ । भोलि हुने दोस्रो खेलमा फेमेगुरु भेट्रान्स क्लब इलाम र दमक भेट्रान्स क्लब बीच प्रतिस्पर्धा हुनेछ

प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ। विजेताले नगद १ लाख एक हजार रुपैयाँ उपविजेताले नगद ५१ हजार रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यसैगरी विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किरण थापाले जानकारी दिएका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

Lucky Ones Casino – Quick‑Hit Thrills & Instant Wins

Ws Casino: Short‑Intense Play for Instant Wins

Reels of Joy Casino: Quick‑Play Slots & Instant Wins

छुटाउनुभयो कि ?

Neo Spin Casino: Quick‑Hit Wins for the Modern Player

Neo Spin Casino delivers the kind of adrenaline‑filled gaming that keeps players coming back for fast, high‑intensity sessions. Fr...

Lucky Ones Casino – Quick‑Hit Thrills & Instant Wins

1. The Pulse of Short‑Session PlayLucky Ones Casino thrives on the adrenaline of rapid play. Instead of marathon nights, players d...

Ws Casino: Short‑Intense Play for Instant Wins

1. Why Short Sessions MatterWs Casino thrives on bite‑size excitement. Players who log in for a few minutes can feel the rush of a...

Reels of Joy Casino: Quick‑Play Slots & Instant Wins

1. The Pulse of Rapid PlayReels of Joy Casino has carved a niche for players who crave adrenaline in every spin. The platform’s la...