साझा अक्षर

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता, सेमिफाइनल समीकरण पुरा

बिर्तामोड बैशाख २३ चौथो बिर्तामोड भेट्रान्स प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै बिर्तामोड भेट्रान्स सेतो अन्तिम चारमा प्रवेश गरेको छ। यो सँगै सेमिफाइनल समीकरण समेत पूरा भएको छ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रङ्गशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा मेची भेट्रान्स मेचीनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो। बिर्तामोडको जितमा अङ्कुर कुमार खड्गी ले दुई र भूपेन लिम्बुले एक गोल गरे।

पराजित मेची भेट्रान्स  अनुभवी खेलाडीहरूले भरिएको बिर्तामोड भेट्रान्स विरुद्ध सोचे अनुरूपको प्रदर्शन गर्न सकेन। पहिलो हाफमा केही कमजोर प्रदर्शन गरेको मेची भेट्रान्स दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्दै अवसर सिर्जना गरिरह्यो तर पाएका अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका विजेता बिर्तामोड भेट्रान्स सेतोका अङ्कुर कुमार खड्गी म्यान अफ द म्याच बने उनले विगत १५०० र ट्रफी प्राप्त गरे।

यस अघिका खेलबाट बिर्तामोड  भेट्रान्स निलो चन्द्रगढी  भेट्रान्स र दमक भेट्रान्स सेमिफाइनलमा प्रवेश गरिसकेका छन्

प्रतियोगिता अन्तर्गत भोलि दुई सेमिफाइनल हुनेछन्। पहिलो सेमीफाइनल खेलमा बिर्तामोड भेट्रान्स निलो र चन्द्रगढी भेट्रान्स बीच प्रतिस्पर्धा हुनेछ। दोस्रो सेमिफाइनलमा बिर्तामोड भेट्रान्स सेतो र दमक भेट्रान्स दमक झापा बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष किरण थापाले जानकारी दिए।

१० टिम सहभागी रहेको प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते रहनेछ। विजेताले नगद १ लाख १००० र उपविजेताले नगद ५१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद तथा ट्रफी प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष प्रेमकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रतियोगिताको पहिलो पुरस्कार नेत्रनारायण श्रेष्ठले प्रायोजन गर्नुभएको छ। त्यस्तै दोस्रो पुरस्कार बिर्तामोडमा रहेको सुवास ज्वेलर्सले प्रायोजन गरेको छ प्रतियोगितालाई बिर्तामोड भेट्रान्स  फुटबल क्लबले आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

OhMySpins: Azione di Slot Quick‑Hit per i Giocatori Mobile

OhMySpins: Azione di Slot Quick‑Hit per i Giocatori Mobile

LuckyWins Casino: Fast‑Paced Wins for the Quick‑Fire Player

LuckyWins Casino: Fast‑Paced Wins for the Quick‑Fire Player

छुटाउनुभयो कि ?

OhMySpins: Azione di Slot Quick‑Hit per i Giocatori Mobile

1. Il Battito di Gioco Breve e ad Alta IntensitàNel mondo dell'intrattenimento dei casinò online, un segmento crescente di giocato...

Why LuckyWins Thrives on SpeedThe core appeal of LuckyWins lies in its ability to deliver instant gratification. The layout is cle...

LuckyWins Casino: Fast‑Paced Wins for the Quick‑Fire Player

Why LuckyWins Thrives on SpeedThe core appeal of LuckyWins lies in its ability to deliver instant gratification. The layout is cle...