Skip to main content

साझा अक्षर

बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगिता,आयोजक सेतो र चन्द्रगडी फाइनल प्रवेश

 

बिर्तामोड बैशाख २४ ।।   झापाको बिर्तामोडमा जारी चौथो बिर्तामोड भेट्रान्स फुटबल प्रतियोगितामा आयोजक सेतो र चन्द्रगढी भेट्रान्स  फाइनलमा प्रवेश गरेका छन् ।

बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बिर्तामोड भेट्रान्स निलोलाई १-० गोलले पराजित गर्दै चन्द्रगढी फाइनल प्रवेश गरेको हो  । चन्द्रगढीका लागि  सुबास खड्काले गरेको गोल नै निर्णायक गोल बन्यो उनले क्याप्टेन प्रेम लिम्बुको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका चन्द्रगढीका गोलकिपर रूपक गुरुङ प्लेयर अफ दी म्याच  भए । उनलाई प्रमुख अतिथि बिर्तामोड साना सहरी खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोलाले नगद १५०० र ट्रफी प्रदान गरे।

आजै भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा दमक भेट्रान्स क्लबलाई ३-१ गोलले पराजित गर्दै आयोजक सेतोले फाइनलमा चन्द्रगढी भेट्रान्स सँगको भेट पक्का गरेको छ।  आयोजकका लागि विशाल राई, भूपेन लिम्बू र कन्या एस गुरुङले गोल गरे।

 

दमक भेट्रान्सका लागि  दिपेन गिरीले पहिलो हाफको इन्जुरी समयमा एक  गोल गरेका हुन् । खेलको प्लेयर अफ दी म्याच आयोजक सेतोका विशाल राई भए । उनले नगद १ हजार ५ सय पाए ।

प्रतियोगिताको फाइनल खेल वैशाख २६ गते हुनेछ विजेताले नगद १ लाख एक हजार  र उपविजेताले ५१ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरूले पनि ट्रफी र नगद पुरस्कार प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष किरण थापाले जानकारी दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम भोटेटार भेट्रान्स कप आजबाट सुरु: उद्घाटन खेलमा चारपाने भेट्रान्स विजयी

झापा । बुधबारे जेसीज प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा चारपान...

कालिटार युवा समाज कप : रोङ–१ र रोङ–५ उपाधिका लागि भिड्ने

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ बीच प्रतिस्पर्धा हुने भ...

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...