साझा अक्षर

ज्योति ब्युटी सलुन एण्ड, एकेडेमीले निःशुल्क नेल आर्ट तालिम सञ्चालन गर्ने

 

झापा ।।  झापाको बिर्तामोडमा महिलाको सीप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यका साथ ज्योति ब्युटी सलुन एण्ड एकेडेमीले प्रेरणादायी सामाजिक पहल सुरु गरेको छ।

बिर्तामोड–२ चारपानेस्थित एकेडेमीले आगामी जेठ ८ गतेदेखि १५ गतेसम्म पूर्ण रूपमा निःशुल्क नेल आर्ट तालिम सञ्चालन गर्ने भएको छ।
आजको प्रतिस्पर्धात्मक समयमा केवल शैक्षिक प्रमाणपत्रले मात्र भविष्य सुनिश्चित नहुने यथार्थलाई आत्मसात गर्दै महिलालाई व्यावहारिक सीपमार्फत आत्मनिर्भर बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको संस्थाले जनाएको छ। ७ दिने उक्त तालिम संस्थाको आफ्नै सुविधा सम्पन्न तालिम हलमा सञ्चालन हुनेछ भने सीमित सहभागी मात्र समावेश गरिने भएकाले इच्छुक महिलालाई समयमै सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरिएको छ।

संस्थाका अनुसार यो कार्यक्रम सामान्य व्यवसायिक उद्देश्यभन्दा माथि उठेर सामाजिक उत्तरदायित्व बहन गर्ने सोचका साथ ल्याइएको हो। विशेषगरी सौन्दर्य शिक्षामा रुचि भएका, अवसरको खोजीमा रहेका तथा आफ्नै पहिचान निर्माण गर्न चाहने महिलालाई लक्षित गर्दै तालिम सञ्चालन गर्न लागिएको बताइएको छ।
तालिममा सहभागीहरूले आधुनिक नेल आर्ट सम्बन्धी व्यावहारिक सीप सिक्नुका साथै सीपको महत्व, आत्मनिर्भर बन्न सकिने सम्भावना, स्वरोजगार सिर्जना तथा वैदेशिक रोजगारीका क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता जस्ता विषयमा समेत जानकारी प्राप्त गर्नेछन्।
एकेडेमीकी संस्थापक ज्योति पराजुली ले अहिलेको समयमा डिग्रीभन्दा पनि सीपले भविष्य निर्माण गर्ने अवस्था बढ्दै गएको बताइन्। उनका अनुसार धेरै महिलाहरू अवसरको अभावमा आफ्ना सपना दबाएर बस्न बाध्य छन्। “यदि सही वातावरण, राम्रो सिकाइ र आत्मविश्वास दिन सकियो भने महिलाहरू आफैं सफल बन्न सक्छन् भन्ने विश्वासका साथ हामीले यो कार्यक्रम ल्याएका हौं,” उनले भनिन्।

संस्थाले वर्षौंको अनुभव हासिल गरेका दक्ष तथा अनुभवी ब्युटिसियनमार्फत प्रशिक्षणको व्यवस्था गरिएको जनाएको छ। व्यवहारिक सिकाइलाई प्राथमिकता दिइने भएकाले तालिमपछि सहभागीहरूले आफूले सिकेको सीपलाई प्रत्यक्ष रूपमा आयआर्जनसँग जोड्न सक्ने विश्वास गरिएको छ।
लामो समयदेखि गुणस्तरीय ब्युटी सेवा र प्रभावकारी तालिम प्रदान गर्दै आएको ज्योति ब्युटी सलुन एण्ड एकेडेमी हाल झापा क्षेत्रमा विश्वासिलो प्रशिक्षण केन्द्रका रूपमा परिचित बन्दै गएको छ। यहाँको विद्यार्थीमैत्री वातावरण, व्यवहारिक प्रशिक्षण र प्रभावकारी सिकाइ शैलीका कारण धेरै महिलाहरू स्वरोजगार तथा व्यवसायिक यात्रामा अघि बढ्न सफल भएको संस्थाले जनाएको छ।
“सुन्दरता केवल बाहिरी आकर्षण मात्र होइन, आत्मविश्वास र आत्मनिर्भरता पनि हो,” भन्ने सोचसहित अघि बढिरहेको एकेडेमीको यो पहलले महिलाको सशक्तीकरणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн – Вход, Зеркало (2026)

Пин Ап Казино Официальный сайт | Pin Up Casino играть онлайн - Вход, Зеркало (2026) ▶️ ИГРАТЬ ...

Vodka онлайн казино – официальный сайт

Vodka онлайн казино - официальный сайт ▶️ ИГРАТЬ Сод...

Wild Robin Casino – L’expérience de slots en mode Fast‑Lane pour les joueurs à gains rapides

Dans une époque où une pause café peut se transformer en marathon de jeu, une plateforme qui récompense la vitesse et l'immédiatet...

AmonBet Casino: Vittorie Veloci e Emozioni Instantanee per il Giocatore Impegnato

Per chi vive per la scarica di adrenalina di uno spin e l'emozione di un pagamento istantaneo, AmonBet offre un playground tarato ...