Skip to main content

साझा अक्षर

प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा वडा नम्बर ९ र १० खेल्ने

 

बिर्तामोड ।। झापाको बिर्तामोडमा आयोजना हुन लागेको प्रथम उपमेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता (पुरुष) २०८३ को खेलतालिका सार्वजनिक गरिएको छ ।

वडा नं. ९ खेलकुद विकास समितिको आयोजना तथा बिर्तामोड नगर खेलकुद विकास समितिको सह आयोजनामा सञ्चालन हुने प्रतियोगिता गरामनीस्थित दुर्गा माविको खेलमैदानमा हुनेछ ।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाभित्रका १० वटा वडाको सहभागिता रहनेछ । सार्वजनिक गरिएको खेल तालिकाअनुसार उद्घाटन खेलमा वडा नं. ९ र वडा नं. १० बीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल बिहान ९ बजे सुरु हुने तालिका सार्वजनिक गरिएको छ ।

पहिलो दिन प्रारम्भिक चरणका कुल ६ खेल सञ्चालन हुनेछन् । प्रारम्भिक चरण पार गरेका टोलीबीच सोही दिन क्वाटरफाइनल चरणका दुई खेल पनि सञ्चालन हुनेछन् । पहिलो क्वाटरफाइनल दिउँसो २ बजे र दोस्रो क्वाटरफाइनल दिउँसो ३ बजे खेलाइने तालिका रहेको छ ।

प्रतियोगिताको दोस्रो दिन सेमिफाइनल तथा फाइनल खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

खेल तालिकाअनुसार पहिलो सेमिफाइनल ४गते बिहान ९ बजे हुनेछ भने दोस्रो सेमिफाइनल बिहान ११ बजे खेलाइनेछ । प्रतियोगिताको उपाधि भिडन्त अर्थात् फाइनल खेल दिउँसो ३ बजे हुने तालिका सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख १सय रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष विश्वदिप राजवंशीले जानकारी दिए ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धन, स्थानीय स्तरका खेलाडीहरूको क्षमता विकास तथा खेलमार्फत सामाजिक एकता र स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...