Skip to main content

साझा अक्षर

प्रथम उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड ३ लाई

 

बिर्तामोड जेठ ४ ।। प्रथम उपमेयर कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिका वडा नं ३ ले जितेको छ।

बिर्तामोड ९ स्थित दुर्गा माविको खेलमैदानमा आज सम्पन्न फाइनलमा उपाधि दावेदार मानिएको बिर्तामोड ५ लाई ३-१ सेटले पराजित गर्दै वडा नं ३ ले उपाधि जितेको हो।

पहिलो सेट बिर्तामोड नगरपालिकाले २५-२१ को सेटमा जितेको थियो। तर त्यसपछि लगातार तीन सेट जित्दै बिर्तामोड नगरपालिका ३ ले उपाधि जितेको हो। दोस्रो सेट बिर्तामोड ३ ले २५ -२० ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट २५-१५ ले जित हात हासिल गर्यो चौथो सेटमा २५-१९ को नतिजा हात पार्दै बिर्तामोड ३ च्याम्पियन बनेको हो

पहिलो सेमिफाइनल खेलमा बिर्तामोड ८ लाई पराजित गर्दै बिर्तामोड ३ फाइनल प्रवेश गरेको थियो। दोस्रो सेमीफाइनल खेलमा प्रतिस्पर्धात्मक बनेको खेल वडा नं ६ लाई पराजित गर्दै वडा नम्बर ५ फाइनल प्रवेश गरेको थियो।

उपाधिसँगै बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले नगद १ लाख १०० रूपैयाँ र उपविजेता बिर्तामोड ५ ले ५१ हजार१०० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। विजेता तथा उपविजेता टिमलाई का प्रमुख अतिथि बिर्तामोड नगरपालिका मेयर पवित्रा महतारा प्रसाई उपमेयर नगेन्द्र  संग्रौला आयोजक कमिटीका अध्यक्ष विश्वदिप राजवंशी लगायतले पुरस्कार प्रदान गरे।

फाइनल  खेलको  म्यान अफ दि म्याच ध्रुव भण्डारी  घोषित भए योगिताको बेस्ट स्पाइकर बिर्तामोड ५ का प्रदीप कट्टेल, बेस्ट सेटर बिर्तामोड ३ का  कुलबहादुर थापा  बेस्ट लिब्रो बिर्तामोड ५ का जीवन दाहाल र बेस्ट प्लेयर बिर्तामोड ३ का भरत यादव। घोषित भए उनीहरूले ट्रफी र नगद प्राप्त गरे ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्ध न र स्थानीय स्तरमा रहेका भलिबल खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले बिर्तामोड नगरपालिका वडा नम्बर ९ खेलकुद विकास समितिको आयोजना र बिर्तामोड खेलकुद विकास समितिको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा बिर्तामोड नगरपालिकाका दशैँवटा वडाहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...