Skip to main content

साझा अक्षर

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

 

मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ।

फाइनलमा आयोजकलाई ३ -१ सेटले पराजित गर्दै  आरुबोटे च्याम्पियन बनेको हो। पहिलो सेट आरुबटेले २५/१४ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोस्रो सेटमा पनि २५/१४ को जित निकाल्दै अगाडि बढ्यो। तर तेस्रो सेटमा भने आयोजकले २५ -१९ को जित निकाल्दै खेललाई चौथो सेट तर्फ धकेल्न सफल भयो चौथो सेटमा भने पुन आरुबटेले आयोजकलाई २५/१४ ले स्तब्ध पार्दै उपाधिमाथि कब्जा गर्यो।

पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार मानिएको दमक एक झापालाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको आरुबोटेले दमकलाई २५-१५ २५-२१ र २५ -२३ को सोझो सेटमा पराजित गरेको हो लिला डागी राजकुमार तामाङ जस्ता खेलाडी लिएर मैदान उत्रिएको आरुबोटेले रोमन बस्नेत पुकार तामाङ जस्ता खेलाडी सम्मिलित दमकलाई स्तब्ध पार्दै फाइनलमा स्थान बनाएको थियो।

दोस्रो सेमिफाइनल खेल भने निकै रोचक र प्रतिस्पर्धात्मक बनेको थियो। आयोजक र वाराङ्गी मोरङ बीचको खेल निर्णायक पाँचौं सेट म लम्बिएको थियो। पाँचौं सेटमा जित निकाल्दै आयोजकले फाइनलमा आरुबोटेसँगको भेट पक्का गरेको हो।

उपाधि विजेता मिक्लाजुङ ३ आरुबोटले नगद रु ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता आयोजक मिक्लाजुङ ६ले नगद ३० हजार ट्रफी र मेडलमा चित्त बुझाएको छ

त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूमा सर्वोत्कृष्ट खेलाडी आरुबोटेका लीला डाँगी बेस्ट स्पाइकर आयोजकका मनिष गौतम बेस्ट सर्भर आयोजककै वसन्त तामाङ बेस्ट ब्लकर अरुबोटेका राजकुमार तामाङ बेस्ट लिब्रो आरुबिएका आक्रोश लिम्बु र बेस्ट सेटर आरुबोटेका पदम गुरुङ घोषित भए उपाधि विजेता ,उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर राजमाखिम मिक्लाजुङ वडा नम्बर ६ का वडाध्यक्ष पूर्णकुमार माखिम लगायत अतिथिले ट्रफी प्रदान गरे  साथै समापन कार्यक्रममा पूर्व भलिबल खेलाडीहरू तथा प्रतियोगितालाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगी दाताहरूलाई समेत कदरपत्र प्रदान गरिएको छ।

ताप्लेजुङ पाँचथर झापा र धनकुटाका विभिन्न टिमहरूको सहभागिता रहेको प्रतियोगिता वैशाख १५ देखि सञ्चालन भएको थियो। प्रतियोगितालाई जोगीडाँडा युवा खेलकुद समितिले आयोजना गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...