साझा अक्षर

बिर्तामोट युनाइटेड च्यालेन्ज कपको आय व्यय सार्वजनिक

बिर्तामोड, असार १० —  बिर्तामोड युनाइटेड क्लबले दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रतियोगिताको आय–व्यय विवरण प्रतियोगिता सम्पन्न भएको १० दिनभित्रै सार्वजनिक गरेको छ।

जेठ २४ देखि ३१ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको कुल खर्च १० लाख १६ हजार ६५१ रुपैयाँ रहेको आर्थिक संयोजक आशिष चापागाईंले जानकारी दिए। क्लबका अनुसार प्रतियोगिताका लागि प्रतिबद्धता जनाइएको २ लाख ८५ हजार २५० रुपैयाँ अझै प्राप्त हुन बाँकी छ भने हाल ४८ हजार ६२९ रुपैयाँ अपुग देखिएको छ।
प्रतियोगिता संयोजक अनिष सुवेदीका अनुसार बाँकी रकम प्राप्त भएपछि क्लबसँग २ लाख ३६ हजार ६२१ रुपैयाँ बचत रहनेछ। प्रतियोगितामा झापा र मोरङका ८ टोली सहभागी भएका थिए। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जुनधाराको शनिश्चरे एफसीले उपाधि जितेको थियो।

प्रतियोगिता केवल खेलकुदमा सीमित नभई सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको थियो। प्रतियोगिता अवधिमा समुन्द्र माझी बचाउन अभियानलाई १५ हजार रुपैयाँ तथा डोमालाल राजवंशीकी नातिनी सम्पती राजवंशीलाई १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको क्लबले जनाएको छ।

क्लबका सहसचिव न्यूटन लाम्गादेका अनुसार आगामी दिनमा पुरुष फुटबलसँगै महिला फुटबल प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको छ। आर्थिक विवरण समयमै सार्वजनिक गर्दै बिर्तामोड युनाइटेडले खेलकुद संस्थामा पारदर्शिता र जवाफदेहिताको सन्देश दिएको स्थानीय खेलप्रेमीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

Олимп Казино – Получай BONUS 100% + 250 бесплатных вращений

Олимп Казино - Получай BONUS 100% + 250 бесплатных вращений ▶️ ИГРАТЬ ...

AviamaMasters: High‑Speed Crash Gaming para Ganancias Rápidas e Intensas

La última sensación crash de BGaming es AviamaMasters, un juego que te permite lanzar un avión rojo brillante hacia un cielo impre...