Skip to main content

साझा अक्षर

प्रथम भोटेटार भेट्रान्स फुटबल कार्तिक १३ देखि विजेताले ५५ हजार पाउने

झापा । बुद्धशान्ति गाउँपालिका–१ भोटेटारमा आगामी कार्तिक १३ देखि २० गते सम्म प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।

स्थानीय न्यू स्टार युथ क्लब भोटेटारले बुद्धशान्ति–१ भोटेतार खेलमैदानमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराएको हो। प्रतियोगिता बुद्धशान्ति–१ भोटेटारस्थित भोटेटार खेलमैदानमा सञ्चालन हुनेछ।दीपावलीको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न टोलीसँगै छिमेकी राष्ट्र भारतको एक टोलीसहित कुल ८ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ।

स्थानीयस्तरमा विभिन्न सामाजिक तथा खेलकुदका गतिविधि गर्दै आएको न्यू स्टार युथ क्लबले भेट्रान्स खेलाडीहरूको हौसला बढाउँदै उनीहरूको अनुभव र खेलप्रतिको लगावलाई मैदानमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत ट्रफी प्रदान गरिनेछ

प्रतियोगिता सम्पन्न गर्न करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाले १ लाख रुपैयाँ नगद सहयोग गरेको छ।बाँकी रकम विभिन्न संघसंस्था, स्थानीय सहयोगी तथा विदेशमा रहेका खेलप्रेमी महानुभावहरूबाट सहयोग तथा आर्थिक संकलन गरी जुटाइने आयोजक न्यू स्टार युथ क्लबले जनाएको छ। प्र

तियोगिता सम्पन्न गर्न आवश्यक सहयोगका लागि क्लबले सबै क्षेत्रका खेलप्रेमी तथा शुभेच्छुकसँग सहयोगको अपेक्षा गरेको छ।आयोजकका अनुसार यो प्रतियोगिता बुद्धशान्ति गाउँपालिका माआयोजना हुने भेट्रान्स फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो।

प्रतियोगिताबाट भेट्रान्स खेलाडीहरूको हौसला बढाउनुका साथै लागुऔषध दुर्व्यसनविरुद्धका गतिविधिमा सहयोग गर्ने र प्रतियोगिताबाट प्राप्त रकम तथा सहयोगलाई भोटेटार खेलमैदानको स्तरउन्नतिमा समेत प्रयोग गर्ने योजना रहेको आयोजकले जनाएको छ।

खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने,काम भेट्रान्स खेलाडीको अनुभव र योगदानलाई सम्मान गर्ने तथा स्थानीय खेलमैदानको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...