Skip to main content

साझा अक्षर

गणपति बेकरीको तेस्रो शाखा चन्द्रगढीमा खुल्यो

 

बिर्तामोड । झापाको बिर्तामोड बाट आफ्नु सेवा सुरु गरेको  गणपति बेकर्सले आफ्नो तेस्रो शाखा अन्तर्गत झापाको चन्द्रगढीबाट सेवा सुरु गरेको छ।

आज शनिबार पत्रकार सम्मेलन गरी चन्द्रगढी शाखाको बारेमा जानकारी दिइएको हो । ‘फ्रेञ्चाइज मोडेलमा शाखा शुरु गरेका हौं,’ गणपतिका सञ्चालक राजु ढकालले भने । चन्द्रगढी विमानस्थल गेट अगाडी रहेको क्याफे बिडीपी (भद्रपुर)ले गणपतिको फ्रेञ्चाइज लिएको क्याफेका सञ्चालक रियाज ढकालले जानकारी दिए ।

करिब ६० लाखको  लगानीमा  सञ्चालनमा आएको क्याफे नजिकै रहेको चन्द्रगढी  विमानस्थललाई लक्षित गरी खोलिएको सञ्चालकले बताएका छन्। गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बर्थडे केक आफैँ उत्पादन गरेर ग्राहकलाई  सेवा दिने  सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।  क्याफेमा बैठक, सभासम्मेलनका लागि हलको समेत सुविधा रहेको र क्याफेबाट फ्रेस केकसमेत डेलिभरीको व्यवस्था रहेको छ ।

सन् २०१२ मा बिर्तामोडमा स्थापित गणपति बेकरी प्रालिले पछिल्लो समय फ्रेञ्चाइज मोडलमा सेवा विस्तार गरिरहेको छ । लिडिङ बेकरी उद्योगको रुपमा आफुलाई स्थापित गर्न सफल गणपतिको यस अघि बिर्तामोडमा (क्याफे बिटीएम) र काँकरभिट्टामा (क्याफे केभिटी) शाखा सञ्चालनमा आइसकेको छ ।

क्याफेको औपचारिक उद्घाटन भने भोलि आइतबार हुने सञ्चालकले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...