झापा ।। बङ्गालको खाडी बाट उत्पन्न समुद्री आँधी ‘दाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको छ। जसले गर्दा पूर्वी नेपालमा हावा चल्नु का साथै हल्का वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ। महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुद्री आँधी ‘दाना’को प्रभावका कारण कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए। ‘समुद्री आँधी दानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बंगालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो। भारतको उडिसा र पश्चिम बंगालमा पनि यसको प्रभाव परेको छ’, उनले भने।
बिर्तामोड कार्तिक ८ ।। साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ६ - ० गोल अन्तरले विजयी हुँदै नेपाल समूह विजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ दशरथ रङ्गशालामा आजसाँझ भएको खेलमा श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । नेपाललाई अघिल्लो चरणमा पुर्याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल गरे । योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी…
पोखरा कार्तिक ८।। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । रविलाई पहिलो पटक ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतले दोस्रो पटक ७ दिनको अनुमति दिएको हो । गत शुक्रबार (कात्तिक २) पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार पहिलोपटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न गत आइतबार अनुमति दिएको थियो । सो म्याद सकिएसँगै आज बिहीबार उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । आज…
केर्खा कार्तिक ७।। झापाको केर्खामा रात्रि बसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ। दुई जनाको मृत्युपश्चात् घटनास्थल तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ। उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन्। काकरभिटाबाट काठमाडौँतर्फ जाँदै गरेको रात्रि बसले बुधबार साँझ कमल गाउँपालिका-३ स्थित केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकहरूको नाम र थर भने खुलेको छैन। नातिनीको बर्थडे र बर्थडेको केक लिएर नातिनी हजुरबुवा घर फर्किँदै गर्दा उनीहरू सवार इलेक्ट्रिक साइकललाई बसले ठक्कर दिएको थियो। ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस…
इट्टाभट्टा कार्तिक ७।। झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् । आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले गर या मरको अवस्थामा खेल्ने छन् । प्रतियोगितामा आयोजक घरेलु मैदान र दर्शकको दर्बिलो साथमा उच्च मनोबल लिएर मैदान प्रवेश गर्दा यता शनिश्चरे पनि आफुलाई उपाधि दाबेदार साबित गर्न तल्लिन देखिन्छ । आयोजक तथा दर्शकहरूले आजको खेललाई प्रतियोगिताकै महत्त्वपूर्ण खेलको रूपमा हेरेको…
काठमाडौं ।। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १-१ गोल गरे । नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको…
मेचीनगर, कात्तिक ४ । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित निकाल्दै दार्जिलिङको मानेभञ्ज्याङ अन्तिम चारमा प्रवेश गरेको हो । भारतीय टोली मानेभञ्ज्याङले राष्ट्रिय जागृतिलाई १–० गोल अन्तरले हराएको हो । खेलको २१ औँ मिनेटमा राष्ट्रिय जागृतिका कप्तान मनिन्द्र याख्खाले मानेभञ्ज्याङका खेलाडीलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा २२ औँ मिनेटमा मानेभञ्ज्याङका कप्तान सोनाम जाङपो भुटियाले गोल गरे । अत्यन्त प्रतिस्पर्धात्मक तथा आक्रमक खेलमा मानेभञ्ज्याङले जित निकाल्न सफल भयो । उसका वीरेन प्रधानलाई दोहोरो पहेँलो…
दमक कात्तिक ४ ।। झापाको दमकमा घरको छतबाट हामफालेर एक जनाले आत्महत्या गरेका छन् । दमक नगरपालिका वडा नम्बर १ स्थित रबि स्टेण्ड का २७ वर्षिय अर्बिन लिम्बुले आफ्नै घरको तेश्रो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् । मृतक लिम्बु मानसिक रोगबाट ग्रसित रहेको प्रहरीले जनाएको छ । उनको शवलाई पोष्टमार्टमको लागि दमकअस्पताल लगिएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भक्तपुर कार्तिक ४।। कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो । प्रकाशित नतिजाअनुसार ७० दशमलव ६ प्रतिशत अर्थात् ८६ हजार दुई सय ४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । एक लाख २२ हजार एक सय ७१ जना विद्यार्थीले ग्रेडवृद्धिका लागि परीक्षा दिएका थिए । तीमध्ये दुई जना विद्यार्थीको परीक्षा रद्द गरेको र तीन जनाको परीक्षाफल स्थगित गरेको बोर्डले जनाएको छ । प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले सात…
एजेन्सी ।। सुपर ओभरमा अमेरिकालाई हराउँदै दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल नेपालले जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक मात्र हुनेछ । डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि…