Skip to main content

साझा अक्षर

मुस्लिम समुदायले आज इदपर्व मनाउँदै: देशैभरी सार्वजनिक विदा

 

झापा चैत्र १८ ।। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज इद उल फित्र अर्थात इद मनाउँदै छन् ।

हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।

नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ ।

इद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ ।

रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सुर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन् ।

यो महिना इबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ । यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा पनि रहिआएको छ भने आफ्नो गक्षअनुसार दान दक्षिणा गरेर पुण्य कमाउने काम पनि अधिक हुन्छ ।

सामान्यतया इद को अर्थ खुसी हो । एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफूलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरैभन्दा धेरै पुण्यको काम गरेको खुसीमा इदको खुसियाली मनाउने गरिन्छ ।

विशेषगरी बिहान इदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरु नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर इदको नमाज पढ्ने गर्दछन् ।

इदको नमाज पढ्नुअघि गक्ष भएकाहरुले तोकिएको निश्चित रकम (जकात फित्रा) अर्थात दानको रुपमा छुट्याउने गर्दछन् र यस्तो रकम आफूनिकटको सबैभन्दा बढी गरिबमाझ वितरण हुने गर्दछ ।

त्यस्तै, इदको नमाज पढेपश्चात मानिसहरु एकआपसमा गला मिलाएर एक अर्कालाई इदको शुभकामना दिने गर्दछन् भने एक अर्कासँग माफी लिने दिने गर्दछन् । इदको शुभकामना दिन आउनेलाई प्रत्येक घरले मिठो मसिनो जे उपलब्ध छ त्यो खुवाएर सत्कार गर्ने गर्दछन् ।

भाषा र पोशाक देशअनुसारको हुने भए पनि सामान्यतया विश्वका प्रत्येक मुसलमानको लागि रमजान महिना र इदमा गरिने अभ्यास झन्डै उस्तै नै हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...