Skip to main content

साझा अक्षर

रजत महोत्सवको अवसरमा अग्रसेन भवन बिर्तामोडमा दिव्य श्री राम कथाको आयोजना गरिने…… 

झापा। अग्रसेन भवन बिर्तामोडले रजत महोत्सवका अवसरमा ९ औं दिवसीय दिव्य श्री राम कथाको आयोजना गरेको छ ।आगामी चैत २२ गतेदेखि २९ गतेसम्म राम कथाको आयोजना गरेको हो ।

आध्यात्मिक तथा सेवा भावले अग्रसेन भवनले रजत महोत्सवका अवसमा राम कथा सहित नवनिर्मत अग्रसेन भवनको माथिल्लो तला उद्घाटनसंगै रक्तदान, कृत्रिम खुट्टा बितरण र योग सिशिरको आयोजना गरिएको आइतवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

हरिद्वारा भारतका प्रशिद्ध कथा बाचक नवराज प्रपन्नजी महाराजले राम कथा वाचन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही अवसरमा २६ जनालाई कृत्रिम खुट्टा बितरण, औषधि रहित जीवन जीउनका लागि सहयोग पु¥याउन सात दिवसीय योग शिविर लगायतका कार्यक्रम आयोजना गरिएको अग्रसेन भवन बिर्तामोडका अध्यक्ष सुरेश कुमार अग्रवाल ‘भद्रपुरे’ले जानकारी दिए ।

२२ गते शुक्रवार विहान ७ वजेदेखि विभिन्न झाँकी सहित मानसग्रन्थ एवम् कलश शोभायात्रा, सोही दिन अग्रसेन भवनको नव निर्मित माथिल्लो तलाको उद्घाट गरिने छ । जसको उद्घाटन अग्रसेन भवनका सल्लाहकार जगदीश मिण्डाले गर्ने छन् भने नव निर्मत कोठा सहित हलको उद्घाटन अर्का सल्लाहकार छविलदाश वंसलले गर्ने कार्यक्रम रहेको प्रचार प्रसार समिति संयोजक सन्तोष अग्रवालले जानकारी दिए ।

त्यस्तै २३ गतेदेखि २९ गतेसम्म हरेक दिन योग शिविर, चैत २५ गते विहान ११ वजेदेखि रक्तदान, २६ गते निःशुल्क कृत्रिम खुट्टा वितरण, ३० लगे राम कथा समापन तथा महा प्रसाद वितरण कार्यक्रम रहेको प्रचार समितिका दिपक मित्तलले जानकारी दिए ।

कार्यक्रम सम्पन्न गर्न १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कार्यक्रम सफल बनाउन १५ बढी सामाजिक संघ संस्थाको सहयोग रहने बताइएको छ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले सञ्चारमाध्यमले धार्मिक प्रचारप्रसारका लागि उल्लेख्य सहयोग पुर्याउने प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...