Skip to main content

साझा अक्षर

स्यालडाँगी नकआउट फुटबल कप:  आयोजक फाइनल प्रवेश

 

बिर्तामोड वैशाख १२ ।।  आयोजक स्यालडागी युवा परिवार झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको  फाइनल प्रवेश गरेको छ।

आज शुक्रबार भएको  पहिलो सेमिफाइनल खेलमा  कुवापानी एफसी इलामलाई २/१  गोल अन्तरले पराजित गर्दै आयोजक फाइनल प्रवेस गरेको हो ।

पहिलो हाफको २० औँ मिनेटमा कुवापानी एफसी इलामका जर्सी नम्बर ९ का निशान राईले विपक्षी गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए १/० गोल अन्तरलेपछि परेसँगै पहिलो हाफको अन्तिम केही मिनेटहरू आयोजक स्यालडाँगी युवा परिवारले केही दबाबमा खेल खेल्यो।

दोस्रो हाफको सुरुवातदेखि नै आयोजक स्यालडागी युवा परिवारले केही सुधारिएको प्रदर्शन गर्यो  निरन्तरको प्रयासपछि दोस्रो हाफको अन्तिम मिनेटमा आयोजक स्यालडागी युवा परिवार का लागि जर्सी नम्बर ५ का सूर्य टुडुले उत्कृष्ट गोल गर्दै टिमलाई खेलमा फर्काए। उनले नगेन्द्र खत्रीले दिएको पासलाई कुनै गल्ती नगरी बललाई  झाली चुमाए।

खेल १/१ गोलको अवस्थामा पुगेपछि आयोजक पुन आक्रमक शैलीमा प्रस्तुत हुँदै कुवापानी एफसीलाई दबाबमा राख्यो फलस्वरूप  इन्जुरी समयको दोस्रो मिनेटमा पुन आयोजकले गोल गर्यो मैदानको देब्रे भागबाट एक्लै बल लिएर अगाडि बढेका नरेन्द्र खत्रीको उत्कृष्ट गोल सँगै आयोजकले खेलमा अग्रता लियो। त्यसपछि दुवै टोलीले केही प्रयास गरेपनि गोल गर्न सकेनन् यो सँगै आयोजक कुवापानी एफसीलाई दुई एक गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।फाइनल प्रवेश गरेसँगै आयोजकले कम्तिमा २० हजार रुपैयाँ सुरक्षित गरेको छ।

पहिलो हाफमा नै अग्रता बनाएको कुवापानी एफसी अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका  आयोजक स्यालडागी युवा परिवारका जर्सी नम्बर ९ नगेन्द्र खत्री म्यान अफ द म्याच घोषित हुँदै नगद रु १००० प्राप्त गरे। उनलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बसपार्क इकाई कमिटी अध्यक्ष दीपक रमतेलले पुरस्कार प्रदान गरे। उक्त पुरस्कार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटीले उपलब्ध गराउँदै आएको छ।

प्रतियोगिता अन्तर्गत  भोलि हुने दोस्रो सेमिफाइनल खेल सैनिक ११ फुटबल क्लब र खुदनाबारी युथ एफसी बीच हुने क्लबका अध्यक्ष विजय तामाङले जानकारी दिएका छन्।

स्यालडाँगी युवा परिवारद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल वैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने क्लबका सचिव राजु अधिकारीले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण sportnepal को आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...