साझा अक्षर

वैशाख १२ गते गएको विनाशकारी भूकम्प सम्झनामा आज विभिन्न कार्यक्रम गरीयो

काठमाण्डाै।। आज बैशाख १२ गते। २०७२ साल वैशाख १२ गते हामिले कहिले विर्शन नसकिने दिन को रूपमा आएको थियो अर्थात् २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो।सोहि दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको कारण जनधनको ठूलो क्षति गरेको थियो । यसै दिनको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ ।

आज ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित देशभर कार्यक्रम भएको हो ।

उता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्‍याल सहित कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। भूकम्प गएर भत्किसकेपछि घर पुनर्निर्माण गर्नेभन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुने बताएका छन्। गृहमन्त्री लेखकले पर्यावरणलाई स्वच्छ राख्नुपर्ने भन्दै केन्द्र, प्रदेश र पालिका मिलेर विपद्को न्यूनीकरण गर्न जरुरी रहेको बताएका छन्।

बारपाकमा समेत भूकम्प स्मृति कार्यक्रम भएको छ ।सुलिकोट गाउँपालिका–२ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि आफूले गरेका प्रतिबद्धता नबिर्सिएको र सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भूकम्पको केन्द्रविन्दु रहेको बारपाक अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । भूकम्पले बारपाकको स्वरूप नै परिवर्तन गरेको स्थानीयहरूको भनाई रहेको छ। भूकम्पपछि बारपाकमा सडक, खानेपानी, बिजुलीलगायत पूर्वाधारहरू तीव्र रूपमा विकास भएको उनिहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

शनिश्चरे एफ सि बिर्तामोड युनाइटेड च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

  बिर्तामोड झापा जेठ २५ ।। झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी बिर्तामोड युनाइटेड च्यालेञ्ज कप फुटबल प्रत...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

  बिर्तामोड, झापा । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

  बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियो...
ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...