Skip to main content

साझा अक्षर

खुकुरी प्रहार गरि ज्वाई द्वारा जेठीसासुको हत्या…

ईलाम।। इलाम माई नगरपालिका वडा नम्बर-४ सिंजालीटारमा ज्वाईं द्वारा जेठीसासुको धारिलो हतियार (खुकुरी)प्रहार गरि हत्या भएको छ।

शुक्रबार साँझ ७ वजेका समयमा छिमेकीकोमा दुध लिन जादै गरिकी ५२ बर्षिया भुमिका चापागाईलाई माई-४ शुक्रबारे घर भई सिंजाली- कार्कीटार आसपास बस्दै आएका वहिनी ज्वाई शान्तिराम दुलालले धारिलो हतियार (खुकुरी) प्रहार गरि शुक्रबार साँझ हत्या गरेका हुन।

कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईलाई उपचारका लागि वि एण्ड सी अस्पताल विर्तामोड पुर्याएको भएपनि रातको १०:२५ वजे मृत्यु भएको वि एण्ड सी अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिएका छन्।

दुलालसंग उनकी श्रीमती गिता चापागाईको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना जिल्ला अदालत परिसरमा जेठी सासु मृतक भुमिकासंग विवाद भएको र जेठीसासुले अभद्र व्यवहार भएको भन्दै दुलाल विरुद्ध‌ मुद्दा दायर गरेकी थिइन्।

प्रहरीले दुलाललाई फरार सुचिमा राखेर खोजि गरिरहेको थियों । दुलालले प्रतिसोधका आधारमा भुमिकाको हत्या गरेको हुन सक्ने वताईएको छ। हत्या आरोपी दुलाललाई जिल्ला प्रहरी कार्यालय इलाम शुक्रवार साँझनै लगिएको लोदिया प्रहरी चौकी दानाबारीका प्रहरी हवल्दार श्याम बजगाईले जानकारी दिएका छन्।अविवाहित रहेकी मृतक चापागाई आमाको हेरचाह गर्दै वसेकी थिईन ।

मृतक चापागाईको शव वि एण्ड सी अस्पताल विर्तामोडमा रहेको र शनिवार प्रदेशिक अस्पताल भद्रपुर झापामा पोष्टमार्टम गरिने वताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...