Skip to main content

साझा अक्षर

खुकुरी प्रहार गरि ज्वाई द्वारा जेठीसासुको हत्या…

ईलाम।। इलाम माई नगरपालिका वडा नम्बर-४ सिंजालीटारमा ज्वाईं द्वारा जेठीसासुको धारिलो हतियार (खुकुरी)प्रहार गरि हत्या भएको छ।

शुक्रबार साँझ ७ वजेका समयमा छिमेकीकोमा दुध लिन जादै गरिकी ५२ बर्षिया भुमिका चापागाईलाई माई-४ शुक्रबारे घर भई सिंजाली- कार्कीटार आसपास बस्दै आएका वहिनी ज्वाई शान्तिराम दुलालले धारिलो हतियार (खुकुरी) प्रहार गरि शुक्रबार साँझ हत्या गरेका हुन।

कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईलाई उपचारका लागि वि एण्ड सी अस्पताल विर्तामोड पुर्याएको भएपनि रातको १०:२५ वजे मृत्यु भएको वि एण्ड सी अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिएका छन्।

दुलालसंग उनकी श्रीमती गिता चापागाईको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना जिल्ला अदालत परिसरमा जेठी सासु मृतक भुमिकासंग विवाद भएको र जेठीसासुले अभद्र व्यवहार भएको भन्दै दुलाल विरुद्ध‌ मुद्दा दायर गरेकी थिइन्।

प्रहरीले दुलाललाई फरार सुचिमा राखेर खोजि गरिरहेको थियों । दुलालले प्रतिसोधका आधारमा भुमिकाको हत्या गरेको हुन सक्ने वताईएको छ। हत्या आरोपी दुलाललाई जिल्ला प्रहरी कार्यालय इलाम शुक्रवार साँझनै लगिएको लोदिया प्रहरी चौकी दानाबारीका प्रहरी हवल्दार श्याम बजगाईले जानकारी दिएका छन्।अविवाहित रहेकी मृतक चापागाई आमाको हेरचाह गर्दै वसेकी थिईन ।

मृतक चापागाईको शव वि एण्ड सी अस्पताल विर्तामोडमा रहेको र शनिवार प्रदेशिक अस्पताल भद्रपुर झापामा पोष्टमार्टम गरिने वताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...