Skip to main content

साझा अक्षर

निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

 

पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो।

मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी,  राजा चौधरी,  राकेश चौधरी, रहेका छन्

शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो।

हाल मृतक तीनै जनाको शव नोबल मेडिकल कलेज शिक्षण अस्पतालमै राखिएको छ। अन्य घाइते मजदुरहरूको अवस्था पनि गम्भीर रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...