Skip to main content

साझा अक्षर

निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते तीन मजदुरको उपचारको क्रममा मृत्यु

 

पाँचथर । मेचि राजमार्गअन्तर्गत फिदिम र हिलिहाङ गाउँपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन मोडुलर पुल (बेलिब्रिज) भाँचिँदा गम्भीर घाइते भएका ६ जना मजदुरहरूमध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कौशल कुमार बुढाथोकीका अनुसार आइतबार राति नोबल मेडिकल कलेज, विराटनगरमा उपचाररत ३ कामदारको ज्यान गएको हो।

मृत्यु हुनेमा बारा जिल्ला सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रुपलाल चौधरी,  राजा चौधरी,  राकेश चौधरी, रहेका छन्

शनिबार पुल निर्माणको क्रममा बारीपारी जोड्ने बेलामा पुल अचानक भाँचिँदा उनीहरू गम्भीर घाइते भएका थिए। पाँचथरमै प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि उनीहरूलाई बिराटनगरस्थित नोबल अस्पताल रिफर गरिएको थियो।

हाल मृतक तीनै जनाको शव नोबल मेडिकल कलेज शिक्षण अस्पतालमै राखिएको छ। अन्य घाइते मजदुरहरूको अवस्था पनि गम्भीर रहेको र उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम भोटेटार भेट्रान्स कप आजबाट सुरु: उद्घाटन खेलमा चारपाने भेट्रान्स विजयी

झापा । बुधबारे जेसीज प्रथम भोटेटार भेट्रान्स कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा चारपान...

कालिटार युवा समाज कप : रोङ–१ र रोङ–५ उपाधिका लागि भिड्ने

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को उपाधिका लागि रोङ–१ खेलकुद विकास समिति र रोङ–५ बीच प्रतिस्पर्धा हुने भ...

Reliable_direction_for_Muslim_prayer_with_a_qibla_compass_finder_and_seamless_lo

Reliable direction for Muslim prayer with a qibla compass finder and seamless location updatesUnderstanding the Technology Behind ...

Fortunate_drops_around_https_plinkos-pk_com_deliver_potential_winnings_with_calc

Fortunate drops around https://plinkos-pk.com deliver potential winnings with calculated risksUnderstanding the Physics and Probab...