Skip to main content

साझा अक्षर

कर्पोरेट हाउस फुट्सल लिगको उपाधि एभरेस्ट बैंकलाई

 

बिर्तामोड असार १ ।। राउन्ड टेबल नेपालद्वारा आयोजित कर्पोरेट हाउस फुट्सल लिग २०८२ को उपाधि एभरेस्ट बैंक बिर्तामोडले जितेको छ।

अर्जुनधारा ६ गामस्ता फुट्सल मैदानमा सम्पन्न फाइनल खेलमा उपाधि दाबेदार मानिएको बिर्ता सिटी हस्पिटललाई ४-० गोल अन्तरले पराजित गर्दै  एभरेस्ट बैंक बिर्तामोडले उपाधिमाथि कब्जा जमाएको हो।

उपाधिसँगै एभरेस्ट बैंक बिर्तामोडले नगद रु. ३५ हजार बराबरको नगद  ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बिर्ता सिटी हस्पिटलले भने दोस्रो स्थान प्राप्त गर्दै आकर्षक ट्रफीमा चित्त बुझाएको छ।

 

प्रतियोगितामा बिएनसी हस्पिटल, कन्काई हस्पिटल लक्ष्मी सनराइज बैंक, एलएनजी इन्सुरेन्स सिद्धार्थ बैंक, हिमालय इन्सुरेन्स, मेची आई हस्पिटल, अजोड इन्सुरेन्स, बिर्ता सिटी हस्पिटल,  एभरेस्ट बैंक गरी कुल १२ वटा प्रतिष्ठित कर्पोरेट हाउसहरूको सहभागिता रहेको थियो।

खेलकुदको माध्यमबाट कर्पोरेट क्षेत्रबीच क्षेत्र विस्तार गर्ने , आपसी सम्बन्धलाई बलियो बनाउने  र प्रतियोगिताबाट बचेको रकमले बारदशी गाउँपालिका ३ राजगढ झापा स्थित रामनगर आधारभूत विद्यालयलाई सहयोग गर्ने उद्देश्यले च्यारिटी फुट्सल प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका सदस्य दीपक मित्तले जानकारी दिनुभयो

जसअनुसार पहिलो चरणमा विद्यालयको शौचालय रेनोभेसन र वाटर फिल्टर जडान गरिनेछ। त्यस्तै दोस्रो चरणमा विद्यालयको स्तर उन्नति कक्षा कोठा निर्माण, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला निर्माण गरिने मित्तलले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...