Skip to main content

साझा अक्षर

काँकडभिट्टा–इटहरी-लौकही एसियन हाइवे कालोपत्रे सुरु

झापा असार ३ ।। एसियन हाइवे अन्तर्गत पर्ने काँकडभिट्टा–लौकही सडक खण्डको पश्चिमी हिस्सामा मंगलबार देखि कालोपत्रे कार्य औपचारिक रूपमा सुरु गरिएको छ। मोरङ जिल्लाको लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे सुरु भएको हो ।
सडक निर्माणको जिम्मा लिएको सिआरएफजि–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार अहिले मौसम अनुकूल भएकाले दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे गर्न सकिने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय रणनीतिक महत्त्व बोकेको सडक खण्ड एसियन हाइवे सञ्जालमा पर्छ, जसले नेपालको पूर्वी नाका काँकडभिट्टाबाट पश्चिमी सीमा गौरा फन्टा (कैलाली) सम्मको महत्त्वपूर्ण यातायात र व्यापारिक मार्गको रूपमा काम गर्नेछ।
आयोजनामा काँकडभिट्टादेखि इटहरीसम्मको ९५ किलोमिटर खण्डलाई पाँच भागमा विभाजन गरिएको छ। तीमध्ये तीन खण्ड सडकका लागि र दुई खण्ड पुल निर्माणका लागि छुट्टाइएको छ।पूर्वतर्फको ४५ किलोमिटर खण्ड (काँकडभिट्टा–केर्खा) ‘कालिका कन्स्ट्रक्सन’ले निर्माण गरिरहेको छ भने पश्चिम खण्ड (केर्खा–गोठगाउँ) ‘सिआरएफजि–टुण्डि जेभी’को जिम्मामा रहेको छ।गोठगाउँबाट इटहरी सम्मको ठेक्का भने : कोभेक सिआइजिसि टुण्डि जेभि’ लिएको छ।तेस्रो खण्डको इटहरी सम्मको कामका लागि पनि जिल्ला प्रशासन कार्यालय सुनसरीले ३५ दिने सूचना जारी गरी सडकमा पर्ने संरचना हटाउनका लागि आग्रह गरिसकेको छ । संरचनाका साथै स्थानीयको समेत अबरोधका कारण इटहरीमा निर्माण अगाडि बढ्न सकिरहेको छैन ।
सडक निर्माणको सम्झौता २०२४ फेब्रुअरी २ मा गरिएको हो भने सम्पन्न गर्ने म्याद २०२७ फेब्रुअरी २ तोकिएको छ। आयोजना निर्माणका क्रममा गुणस्तर सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरू परिचालन गरिई प्राविधिक परीक्षण र मूल्याङ्कन भइरहेको आयोजनाले जनाएको छ । लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको करिब १० किलोमिटर सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे सुरु भएको हो ।

सडक निर्माणको जिम्मा लिएको सिआरएफजि–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार अहिले मौसम अनुकूल भएकाले दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे गर्न सकिने अनुमान गरिएको छ।
अन्तर्राष्ट्रिय रणनीतिक महत्त्व बोकेको सडक खण्ड एसियन हाइवे सञ्जालमा पर्छ, जसले नेपालको पूर्वी नाका काँकडभिट्टाबाट पश्चिमी सीमा गौरा फन्टा (कैलाली) सम्मको महत्त्वपूर्ण यातायात र व्यापारिक मार्गको रूपमा काम गर्नेछ।
आयोजनामा काँकडभिट्टादेखि इटहरीसम्मको ९५ किलोमिटर खण्डलाई पाँच भागमा विभाजन गरिएको छ। तीमध्ये तीन खण्ड सडकका लागि र दुई खण्ड पुल निर्माणका लागि छुट्टाइएको छ।पूर्वतर्फको ४५ किलोमिटर खण्ड (काँकडभिट्टा–केर्खा) ‘कालिका कन्स्ट्रक्सन’ले निर्माण गरिरहेको छ भने पश्चिम खण्ड (केर्खा–गोठगाउँ) ‘सिआरएफजि–टुण्डि जेभी’को जिम्मामा रहेको छ।गोठगाउँबाट इटहरी सम्मको ठेक्का भने : कोभेक सिआइजिसि टुण्डि जेभि’ लिएको छ।तेस्रो खण्डको इटहरी सम्मको कामका लागि पनि जिल्ला प्रशासन कार्यालय सुनसरीले ३५ दिने सूचना जारी गरी सडकमा पर्ने संरचना हटाउनका लागि आग्रह गरिसकेको छ । संरचनाका साथै स्थानीयको समेत अबरोधका कारण इटहरीमा निर्माण अगाडि बढ्न सकिरहेको छैन ।

सडक निर्माणको सम्झौता २०२४ फेब्रुअरी २ मा गरिएको हो भने सम्पन्न गर्ने म्याद २०२७ फेब्रुअरी २ तोकिएको छ। आयोजना निर्माणका क्रममा गुणस्तर सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरू परिचालन गरिई प्राविधिक परीक्षण र मूल्याङ्कन भइरहेको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...