साझा अक्षर

इलाममा धारिलो हतियार प्रहार गरी एकको हत्या एक गम्भीर घाइते।

 

झापा साउन १ ।। इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट मृत्यु भएको  प्रहरीले जनाएको छ । ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते छन् ।

प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।

शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा सैनिक ११ विजयी

याङनाम ll चैत्र २८।। पाँचथरको याङनाममा जारी याङनाम गोल्ड कप फुटबल प्रतियोगितामा आजको खेलमा जित निकाल्दै झापाको सैनिक ११ फुटबल क्लब...
कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

कर्मचारी ११ र मेतालुङ सेमिफाइनल प्रबेश

फाकफोकथुमll चैत्र २८ ll कर्मचारी ११ आमचोक र मेतालुङ एफसी इलामको फाकफोकथुम ६ एकतप्पाको जानकी मा.बि.को खेल मैदानमा जारी खुल्ला पुरुष...
आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आजदेखि ‘गन्तव्य मध्यपुर’ शुभारम्भ

आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले आजदेखि ‘गन्तव्य मध्यपुर’ अभियान शुभारम्भ गरेको छ । ब...
प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

प्याब्सन झापा द्वारा आगामी शैक्षिक सत्र व्यवस्थित बनाउने लक्ष्यसहित विभिन्न निर्णय सार्वजनिक

झापा, चैत २८ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आगामी शैक्षिक सत्र २०८३ लाई व्यवस्थित र प्रभावकारी बन...