Skip to main content

साझा अक्षर

झापामा जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न

 

झापा साउन १८ ।। ‘भाषा, कला र संस्कृतिको ज्ञान, नेवाः जातिको साझा पहिचान’ भन्ने मुख्यः श्लोग्नसहित मेचीनगर—६ काँकरभिट्टा झापामा  दोस्रो जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न भएको छ

नेवाः खल पुच झापाले आयोजना गरेको उक्र कार्यक्रमको सह—आयोजक तथा व्यवस्थापन नेवाः समाज समिति मेचीनगर –६ काँकरभिट्टाले गरेको थियो

कार्यक्रममा नेपालका विभिन्न जिल्लाहरू साथै छिमेकी राष्ट्र भारत बाट समेत उल्लेख्य मात्रामा नेवारी समुदायको सहभागिता रहेको थियो। कार्यक्रम पूर्व सांस्कृतिक बाजा गाजा र पहिरनसहित ठूलो सङ्ख्यामा उपस्थित भएका नेवारी समुदायले आफ्नो भाषा धर्म र संस्कृतिको जगेर्ना गर्नका लागि आफ्नो सांस्कृतिक पहिरनसहित उपस्थित भएर लाखे नाच सहित नगर परिक्रमा गरेका थिए

कार्यक्रम नेवा समाज समिति मेचीनगर –६ काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुको अध्यक्षता तथा नेवाः जागरण मञ्च संस्थापक सदस्य, पूर्व महासचिव नेवाः फिल्म एसोसिएसन अध्यक्ष तथा नेवाः सम्पदा संस्कृतिकर्मी रत्न महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथि महर्जन विशिष्ट अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी लगायत अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सवै जातजातिका चाडपर्वहरूको अभिलेख राख्नुपर्ने र सूचीकृत हुनुपर्नेमा जोड दिए हरेक समुदाय, जातजातिहरु आफ्नो पहिचान, परम्परागत कला, संस्कृति लिपीको व्यवस्थित संरक्षणमा लाग्नुपर्ने बताए । नेपाली भाष, संस्कृति लिपीमा धनी भएकाले यस्ता संस्कृतिको पहिचानको संरक्षण गर्नु हामी सवैको कर्तव्य रहेको बताए । कला र संस्कृति जोगाउन स्थानीय सरकारले पनि नेवारी समुदायका लागि आवश्यक वाद्यबादनका सामग्रीहरुदेखि लाखेनाच, ठाकठुके नृत्य, धिमे बाजा बचाउने लगायतका प्रशिक्षणमा सहयोग गरेको नगर प्रमुख बुढाथोकीले बताए ।

कार्यक्रममा इन्द्रपुर नेवाः पुच विराटचोक मोरङका उपाध्यक्ष नन्दकिशोर श्रेष्ठ, झिंगु समाज दमकका सहसचिव नवीनकुमार श्रेष्ठ, नेवाः समाज कल्याण गुठी भद्रपुरका अध्यक्ष नारायण श्रेष्ठ, नेवाः समाज कल्याण गुठी पृथ्वीनगरका अध्यक्ष लिला प्रधान, नेवाः पासा मुना पुचः विर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ, पासा मुना पुचः नेवा खल बाहुनडाागीका अध्यक्ष महेन्द्रमल्ल र झिगु खल, धुलावारीका अध्यक्ष जीवनकुमार प्रधानलगायतले बोलेका थिए । कार्यक्रममा सहभागी नेवाः समुदायका संघ संस्थालाई मायाको चिनोसहित सम्मन पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेवार जातिको कला संस्कृतिको सम्बद्र्धन एवम् जर्गेना गर्ने उद्धेश्यले नेवाः खल पुचः झापाले आयोजना गरेको कार्यक्रमलाई आर्थिक नैतिकरुपमा साथ सहयोग गर्नुहुने जगतलाल गुभाजु, प्रविन जोशी, अशोक श्रेष्ठ, चक्रबहादुर जोशी, मेघना प्रधान, बबिता श्रेष्ठ, मुक्ति श्रेष्ठ, अरुणकुमार प्रधानलगायत पाँचहजारभन्दा बढि आर्थिक सहयोग गर्ने २० जनालाई सम्मान पत्रमार्फत सम्मन गरिएको थियो ।

नेवारी कला र संस्कृति, पहिचान, कला र संस्कृति मार्फत पर्यटन प्रवद्र्धनमा लागेको यस समाजले शनिबार स्वदेश एवम् विदेशका गरी झण्डै २० वटा लाखे नाचलाई एउटै स्टेचमा नचायो । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको जिल्लामा लाखेनाच निकाल्ने गरेको छ। नेवार संस्कृति र परम्परा अनुसार भीमसेन मन्दिरमा पुजाआजा र सगुन खुवाएर लाखे निकाल्ने चलन रहेको समाजले जनाएको छ ।

कुनै समयमा पहिचान झल्किने लाखे नाच हेर्नकै लागि सुनसरीको धरान वा इटहरी या झापा जिल्ला बाहिरको लाखे नाच टोलीलाई पर्खनुपर्ने अवस्था थियो । पछिल्लो केहीवर्षयता देखि झापाका नगरपालिका तथा गाउँपालिकाहरूमा कलाकारहरू उत्पादन भएका कारण लाखे नाच हेर्न पहिलाको जस्तो अवस्था छैन् गाउँ गाउँमा टोलटोलमा लाखे नाच हेर्न सकिन्छ।

नेवा समाज मेचीनगरका उपाध्यक्ष मुक्ति श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेवा समाज समिति मेचीनगर ६ काकरभिटाकी सचिव उषा श्रेष्ठले सञ्चालन गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

सडन डेथमा उर्लाबारीको रोमाञ्चक जित, आयोजक काँकरभिट्टा युथ क्लब बाहिरियो

  काँकरभिट्टा साउन ११ ।। काँकरभिट्टामा जारी दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो...
बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...