Skip to main content

साझा अक्षर

कालिञ्चोक मेनपावरको शाखा कार्यालय अब बिर्तामोडमा

 

बिर्तामोड साउन १८।। काठमाडौँमा रहेर वैदेशिक रोजगारीको लागि भरपर्दो र विश्वासिलो काम गर्दै आएको कालिञ्चोक मेनपावरको शाखा कार्यालय झापाको बिर्तामोडबाट सञ्चालनमा आएको छ।

बिर्तामोड नगरपालिका वडा नं १ पश्चिम बस स्टेन नजिकै राजगढ बस स्टेनमा कार्यालय रहेर  कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो ।

आज आइतबार विधिवत रूपमा मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक निर्देशक स्वेच्छिक कार्कीले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवाल, महासचिव नीरकुमार खत्री, सचिव राजेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए ।

काठमाडौँ तथा झापामा रहेर लामो समय वैदेशिक रोजगार व्यवसायको अनुभव बटुलेका युवा व्यवसायीहरु कृष्ण खतिवडा, सविन कटुवाल, राजु पोखरेल, हेम मोक्तानले संयुक्त रुपमा शाखा सञ्चालनमा ल्याएका हुन् ।

वैदेशिक रोजगारमा जान चाहने युवाहरूको लागि भरपर्दो र विश्वासिलो तरिकाले  सर्वसुलभ मूल्यमा सीप सिकाई रोजगारीमा पठाउनका लागि आफूहरूले झापामा शाखा सञ्चालनमा ल्याएको सञ्चालक हेम मोक्तानले जानकारी दिए।

यस शाखाबाट जापान, युरोपका विभिन्न देशहरू, साउदी, कतार ,मलेसिया, दुबई लगायतका देशहरूमा कामदार पठाउने अर्का सञ्चालक सविन कटुवालले जानकारी दिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...