Skip to main content

साझा अक्षर

माईधारमा बस दुर्घटना १९ जना घाइते।

 

बिर्तामोड कार्तिक ११ ।। झापाको शिवसताक्षीस्थित माईधारमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन । बस आज बिहान ४ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रामेछापको मन्थलीबाट काँकरभिट्टातर्फ आउँदै गरेको बस पूर्व–पश्चिम सडक खण्डको माईधार चोक नजिकै बाटोबाट  तल झरेको थियो ।

प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भएर सडकबाट तल बायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा रहेका २५ जनामध्ये १९ जना घाइते भएका हुन् । छजना आआफ्नो स्थानतर्फ गएका छन् ।

दुर्घटनामा बस चालक मेचीनगर-६ का ३९ वर्षीय राजु भुजेल, मन्थली-१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा-३ की १७ वर्षीया इक्षा लिम्बु, मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, कचनकवल-४ का २० वर्षीय रविलाल गणेश रहेका छन् ।

त्यस्तै, ठाडादेवी-३ की ६५ वर्षीया मिटु खत्री, कचनकवल-४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की, उनको छोरा ९ वर्षीय एलोन कार्की, दोलाखा बैनेश्वर-३ का ३० वर्षीय प्रदिपबहादुर बस्नेत घाइते भएका छन् ।

त्यस्तै, रामेछाप देउरालीका रामु श्रेष्ठका छोरा ८ वर्षीय अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल, कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा ९ वर्षीय रिदम श्रेष्ठ घाइते भएका छन् ।

त्यस्तै, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा-२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...