साझा अक्षर

माईधारमा बस दुर्घटना १९ जना घाइते।

 

बिर्तामोड कार्तिक ११ ।। झापाको शिवसताक्षीस्थित माईधारमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन । बस आज बिहान ४ बजे दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार रामेछापको मन्थलीबाट काँकरभिट्टातर्फ आउँदै गरेको बस पूर्व–पश्चिम सडक खण्डको माईधार चोक नजिकै बाटोबाट  तल झरेको थियो ।

प्रदेश १–०१–००१ क ४२०९ नम्बरको रात्रि बस अनियन्त्रित भएर सडकबाट तल बायाँतर्फ पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा रहेका २५ जनामध्ये १९ जना घाइते भएका हुन् । छजना आआफ्नो स्थानतर्फ गएका छन् ।

दुर्घटनामा बस चालक मेचीनगर-६ का ३९ वर्षीय राजु भुजेल, मन्थली-१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा-३ की १७ वर्षीया इक्षा लिम्बु, मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, कचनकवल-४ का २० वर्षीय रविलाल गणेश रहेका छन् ।

त्यस्तै, ठाडादेवी-३ की ६५ वर्षीया मिटु खत्री, कचनकवल-४ की २१ वर्षीया परिना गणेश, बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की, उनको छोरा ९ वर्षीय एलोन कार्की, दोलाखा बैनेश्वर-३ का ३० वर्षीय प्रदिपबहादुर बस्नेत घाइते भएका छन् ।

त्यस्तै, रामेछाप देउरालीका रामु श्रेष्ठका छोरा ८ वर्षीय अनु श्रेष्ठ, दोलखा तामाकोशी–३ का २८ वर्षीय कुमार बस्याल, कचनकवल–६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ, उनको छोरा ९ वर्षीय रिदम श्रेष्ठ घाइते भएका छन् ।

त्यस्तै, बिर्तामोड–५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया शितल नेपाली, बाह्रदशी–५ का २१ वर्षीय अभिषेक राजवंशी र झापा-२ का १८ वर्षीय श्यमलाल किस्कु घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...