Skip to main content

साझा अक्षर

बारहक्षेत्र कार्तिके पूर्णिमा मेला महिला फुटबलमा आयोजक विजयी सारताप बाहिरियो।

 

इम्बुङ कार्तिक २०।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फको पहिलो खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब फाइनल प्रवेश गरेको छ।

फाल्गुनन्द २ इम्बुङ स्थित सत्यहाङमा माविको इनम खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा चिर  पारिचित प्रतिद्वन्दी ग्रीन पिस क्लब पौवासारतापलाई ट्राइबेकरमा पाँच तीन गोल अन्तरले पराजित गर्दै पराजित गर्दै आयोजक टु स्टार  फाइनल प्रवेश गरेको हो।

 

खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै तर्फबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन त्यसपछि खेलको निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। खेलको पहिलो हाफमा आयोजक टु स्टारले केही अवसर भने सिर्जना गरेको थियो। तर उक्त अवसरहरुलाई ग्रीन पिसकी डिफेन्डर सुप्रिया नेम्बाङले विफल तुल्याउँदा अग्रता लिनबाट वञ्चित भयो। दोस्रो हाफमा ग्रीन पिस सारतापले पनि केही अवसर सिर्जना गरेको थियो। को अवसरलाई फिनिसिङ गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिदै ट्राइबेकर तर्फ धकेलियो।

त् ट्राइबेकरमा आयोजक टु स्टारको तर्फबाट अन्जना नेम्बाङ, प्रभा नेम्बाङ, वर्षा मगर, प्रतिमा राई, शशिका नेम्बाङ्गे गोल गरे । ग्रीन पिस पौवा सरतापका लागि सुप्रिया नेम्बाङ दिया नेम्बाङ अज्ञा नेम्बाङले गोल गर्दा हिंस्सा नेम्बाङको प्रहार भने बाहिरिदा ग्रीन पिस पौवा सार्ता प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो खेल फेमेसुवा एफ सी  र सुखेपोखरी एफसी बीच दिनको ठीक ११ बजे हुनेछ। भोलिको विजेताले उपाधिका लागि २२ गते आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

उपाधि विजेताले नगद १५००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद ८००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी प्रदान गरिने खेल संयोजक अईन्द्र फुयालले जानकारी दिएका छन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...