Skip to main content

साझा अक्षर

बारहक्षेत्र कार्तिके पूर्णिमा मेला महिला फुटबलमा आयोजक विजयी सारताप बाहिरियो।

 

इम्बुङ कार्तिक २०।। ऐतिहासिक बराह क्षेत्र कार्तिके पूर्णिमा मेला पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्तर्गत महिलातर्फको पहिलो खेलमा विजयी हुँदै आयोजक टु स्टार ग्रामीण सृजनशील क्लब फाइनल प्रवेश गरेको छ।

फाल्गुनन्द २ इम्बुङ स्थित सत्यहाङमा माविको इनम खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा चिर  पारिचित प्रतिद्वन्दी ग्रीन पिस क्लब पौवासारतापलाई ट्राइबेकरमा पाँच तीन गोल अन्तरले पराजित गर्दै पराजित गर्दै आयोजक टु स्टार  फाइनल प्रवेश गरेको हो।

 

खेलको सुरुवातदेखि नै निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै तर्फबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन त्यसपछि खेलको निर्णयका लागि सिधै ट्राइबेकर रोजिएको थियो। खेलको पहिलो हाफमा आयोजक टु स्टारले केही अवसर भने सिर्जना गरेको थियो। तर उक्त अवसरहरुलाई ग्रीन पिसकी डिफेन्डर सुप्रिया नेम्बाङले विफल तुल्याउँदा अग्रता लिनबाट वञ्चित भयो। दोस्रो हाफमा ग्रीन पिस सारतापले पनि केही अवसर सिर्जना गरेको थियो। को अवसरलाई फिनिसिङ गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिदै ट्राइबेकर तर्फ धकेलियो।

त् ट्राइबेकरमा आयोजक टु स्टारको तर्फबाट अन्जना नेम्बाङ, प्रभा नेम्बाङ, वर्षा मगर, प्रतिमा राई, शशिका नेम्बाङ्गे गोल गरे । ग्रीन पिस पौवा सरतापका लागि सुप्रिया नेम्बाङ दिया नेम्बाङ अज्ञा नेम्बाङले गोल गर्दा हिंस्सा नेम्बाङको प्रहार भने बाहिरिदा ग्रीन पिस पौवा सार्ता प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिता अन्तर्गत भोलि हुने दोस्रो खेल फेमेसुवा एफ सी  र सुखेपोखरी एफसी बीच दिनको ठीक ११ बजे हुनेछ। भोलिको विजेताले उपाधिका लागि २२ गते आयोजक टु स्टार ग्रामीण सृजनशील क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

उपाधि विजेताले नगद १५००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले नगद ८००० ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी प्रदान गरिने खेल संयोजक अईन्द्र फुयालले जानकारी दिएका छन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

बिर्तामोड युनाइटेड काकरभिट्टा च्याम्पियन्स कपको सेमीफाइनलमा

काँकरभिट्टा साउन १० । बिर्तामोड युनाइटेड झापा दिव्यज्योति प्रथम काँकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...
दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप आजबाट सुरु, उद्घाटन खेलमा एपीएफ पकली विजयी

मेचीनगर साउन ९।। दिव्यज्योति प्रथम काकरभिट्टा च्याम्पियन्स कप फुटबल प्रतियोगिता आजबाट काँकरभिट्टा खेलमैदानमा सुरु भएको छ। उद्घाट...
शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

शिक्षा र स्वास्थ्यमा लगाइएको कर प्रधानमन्त्रीद्वारा खारेज

झापा साउन ५ ।। प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज  गर...
१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा,  फ्रान्स स्तब्ध

१६ वर्षपछि स्पेनको विश्वकप फाइनल यात्रा, फ्रान्स स्तब्ध

    फिफा विश्वकप २०२६ मा युरोपेली महाशक्ति स्पेनले १६ वर्षपछि पुनः विश्वकपको फाइनल यात्रा तय गरेको छ। २०१० को विश्...