साझा अक्षर

श्री सामुदायिक परोपकार सङ्घलाई ताम्लिङको १ लाख सहयोग

 

माइजोगमाई  मंसिर ३।। श्री सामुदायिक परोपकार संघ माइजोगमाई ५ लोक्साङ इलामलाई गजेन्द्र ताम्लिङ लिम्बुले आर्थिक सहयोग गर्नुभएको छ।

संघको अध्यक्ष समेत रहनुभएका लिम्बुले सस्था संचालनको लागि रु  एक लाख सेयर प्रदान गर्नु भएको हो । आज संस्थाको प्राङ्गणमा भएको एक संक्षिप्त कार्यक्रमका बीच संस्थाका कोषाध्यक्ष झलकसिंह ताम्लिङ लिम्बुलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो।

पूर्व भारतीय सेनामा कार्यरत ताम्लिङ लिम्बुले आफ्नो अवकाश प्राप्त समयलाई सामाजिक कार्यमा व्यतीत गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको र विभिन्न सामाजिक कार्य गरिरहेको बताउँदै आफूले संस्थालाई सहयोग गर्न पाउँदा खुसी भएको प्रतिक्रिया दिनुहुँदै आगामी दिनमा पनि संस्थालाई चलायमान बनाउनका लागि आफूले सक्ने सहयोग गर्ने  प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।

श्री सामुदायिक परोपकार सङ्घ सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो। यस संस्थाले स्थापनाको छोटो समयमा नै विभिन्न सामाजिक कार्य गर्दै आफूलाई सामाजिक कार्यमा अग्रसर संस्थाको रुपमा परिचित गराइसकेको छ। यसै संस्थाको पहलमा स्थानीय स्तरबाट नै फुटबल खेलको विकास गर्नुपर्छ र स्थानीय स्तरका खेलाडीलाई अवसर दिनुपर्छ   भन्ने उद्देश्यले हरेक वर्ष श्री सामुदायिक परोपकार गोल्ड कप समेत आयोजना गर्दै आइरहेको छ

गोल्डकप आयोजनाबाट स्थानीय स्तरका खेलाडीहरूको खेलकौशल प्रदर्शन हुनुका साथसाथै माइ जोगमाईलाई खेलको माध्यमबाट देशविदेशमा चिनाउन समेत टेवा पुगेको संस्थाका कोषाध्यक्ष झलक ताम्लिङ  बताउनुहुन्छ। संस्थाले २०८२ कार्तिक ३ गतेबाट ११ गतेसम्म तेस्रो परोपकार गोल्डकप समेत  सम्पन्न गरिसकेको छ।

प्रतियोगिता सम्पन्न पश्चात् बचेको केही रकमबाट २०८२ असोज १८ र १९ गतेको बाढी पहिरोमा परी घरबहार विहिन बन्न पुगेका माइजोगमाई गाउँपालिका वार्ड नं ६ का सोङ्गमी परिवार र थेबे परिवार त्यस्तै नयाँ बजार मझुवाका पहिरो पीडित भट्टराई परिवार गरी  तीन परिवारलाई रु २२ हजार आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष ताम्लिङले बताउनुभएको छ

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...
जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

जोगीडाँडा खुल्ला भलिबल प्रतियोगिताको उपाधि आरुबोटे पाँचथरलाई

  मिक्लाजुङ पाँचथर ।। प्रथम जोगीडाँडा खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मिक्लाजुङ ३ आरुबटेले जितेको छ। फाइनलमा आयो...
उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

उर्लाबारी फुटबल क्लब चारआली गोल्डकपको सेमिफाइनलमा

  झापा  ।। प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो क्वार्टर फाइनल खेलमा उपाधि दाबेदार मानिएको शनिश्चरे फुटब...