साझा अक्षर

आठौँ धुसेनी गोल्डकप आजबाट सुरु, उद्घाटन खेलमा आयोजक र चौबन्दी विजयी

 

धुसेनी मंसिर १४ ।। आठौं धुसेनी गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ। देउमाई नगरपालिका वडा नं ५ धुसेनी स्थित बरभन्ज्याङ खेलमैदानमा आज भएको उद्घाटन खेलमा विजयी हुँदै आयोजक र चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेका छन्।

आज भएको पहिलो खेलमा एनआरटी शान्तिडाँडालाई दुई एक गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। खेलमा अग्रता एनआरटी शान्तिडाँडाले लिए पनि लगातार दबाबमा राख्दै उत्कृष्ट पुनरागमन जित निकाल्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो। त्यस्तै आज भएको दोस्रो खेलमा एकतर्फी रुपमा जित निकाल्दै चौबन्दी एफसी अन्तिम चारमा प्रवेश गरेको छ। उसले अर्को दावेदार मानिएको माई नगरपालिकाको दानाबारी एफसीलाई ८-२ गोल अन्तरले पराजित गर्दै चौबन्दी एफसीले उत्कृष्ट प्रदर्शन प्रस्तुत गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो

किराँत धर्मावलम्बीहरूको महान चाड उधौली पर्व चासोक तङनामको अवसर पारेर   किरात याक्थुम चुम्लुङ खेलकुद उपसमिति देउमाई पाँच धुसेनीले विविध सांस्कृतिक कार्यक्रमसहित खेलकुदको आयोजना गरेको हो।

प्रतियोगिता अन्तर्गत भोलि पनि दुई खेल हुनेछन्। भोलि हुने पहिलो खेलमा नामतोक पाँचथर र श्रीजङ्गा स्पोर्टिङ क्लब बीच खेल हुनेछ। त्यस्तै भोलि हुने दोस्रो खेल इस्ट इलाम र मिर्मिरे एफसी बीच हुनेछ।

प्रतियोगिताको फाइनल खेल मङ्सिर १८ गते हुनेछ । उपाधि विजेताले  विजेताले नगद ४० हजार ४४४ रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै उपविजेता टिमले नगद २० हजार २२२ रूपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...
प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

प्रथम चारआली गोल्डकप सेमिफाइनल समीकरण पूरा

  चारआली, झापा । झापाको मेचीनगर–१३ चारआलीस्थित हातेमालो सामुदायिक वनको खेलमैदानमा जारी प्रथम चारआली गोल्डकप फुटबल प्रतियोग...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने

  बिर्तामोड जेठ १८।।   झापाको बिर्तामोडमा दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता आयोजना हुने भ...