साझा अक्षर

तेस्रो तरुण गोल्डकप आगामी पुस ६ गतेदेखि हुने

 

देउमाई मङ्सिर २४।। तेस्रो तरुण गोल्डकप वडा स्तरीय  पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

इलामको देउमाई नगरपालिका वडा नम्बर ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको देउमाई नगरपालिका तरुण दल सभापति विमल काजी खम्बुले जानकारी दिनुभयो

तरुण दल देउमाई नगर कमिटीद्वारा आयोजित प्रतियोगिता आगामी पुस ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनीविरुद्धको बोल’ नारासहित  फुटबल खेलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि र युवालाई  खेलकुदमा प्रेरित गराई लागु औषध जस्ता कुलतबाट टाढा  राख्ने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर समितिले प्रतियोगिता आयोजना गरिरहेको अध्यक्ष  खम्बुले जानकारी दिनुभयो

प्रतियोगिताका लागि सबै वडाहरूलाई सहभागिताका लागि आधिकारिक पत्र बुझाइसकिएको र मैदानको स्तरउन्नति गर्ने काम अन्तिम चरणमा पुगेको , प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति तथा उपसमितिहरू निर्माण गरी कार्य विभाजन भइरहेको खम्बुले जानकारी दिनुभयो

प्रतियोगितामा देउमाई नगरभित्रका सम्पूर्ण नौ वटै वडाहरूको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले आकर्षक ट्रफी मेडल र प्रमाणपत्रका साथमा नगद पुरस्कार प्राप्त गर्नेछन्। गत संस्करणको विजेताले नगद ५५, हजार पाँच सय ५५ रुपैयाँ र उपविजेताले ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरेका थिए। यो संस्करणमा पुरस्कार राशिमा वृद्धि गरी निकै नै आकर्षक ट्रफीका साथमा नगद पुरस्कार प्रदान गरिने तरुण दल देउमाई नगर  कमिटी सचिव विनम ढकालले जानकारी दिनुभयो

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिनुभएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

बिर्तामोड युनाइटेड च्यालेन्ज कप, उर्लाबारी एफसी सेमीफाइनल प्रवेश

  बिर्तामोड, झापा । झापाको बिर्तामोडमा आजदेखि सुरु भएको दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगिता...
बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

बिर्तामोड युनाइटेड च्यालेन्ज कप भोलिदेखि, तयारी पूरा

  बिर्तामोड, झापा, जेठ २२ ।। झापाको बिर्तामोडमा आयोजना हुने दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियो...
ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

ट्राइब्रेकरमा उर्लाबारीलाई हराउँदै बगान युथ क्लब चारआली गोल्डकपको फाइनलमा

  झापाको मेचीनगर–१३ चारआलीमा जारी प्रथम चाराली गोल्ड कप फुटबल प्रतियोगितामा जित निकाल्दै बगान युथ क्लब झापा फाइनल प्रवेश ग...
आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

आयोजक चारआली युथ क्लब चारआली गोल्डकपको फाइनलमा

चारआली, झापा । आयोजक चाराली युथ क्लब  जारी प्रथम चाराली गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। ...