Skip to main content

साझा अक्षर

तेस्रो तरुण गोल्डकप आगामी पुस ६ गतेदेखि हुने

 

देउमाई मङ्सिर २४।। तेस्रो तरुण गोल्डकप वडा स्तरीय  पुरुष फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

इलामको देउमाई नगरपालिका वडा नम्बर ४ स्थित भानुभक्त माध्यमिक विद्यालयको छात्रावास खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको देउमाई नगरपालिका तरुण दल सभापति विमल काजी खम्बुले जानकारी दिनुभयो

तरुण दल देउमाई नगर कमिटीद्वारा आयोजित प्रतियोगिता आगामी पुस ६ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ ‘हाम्रो गोल, लागुऔषध दुर्व्यसनीविरुद्धको बोल’ नारासहित  फुटबल खेलको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि र युवालाई  खेलकुदमा प्रेरित गराई लागु औषध जस्ता कुलतबाट टाढा  राख्ने उद्देश्य सहित नेपाल तरुण दल देउमाई नगर समितिले प्रतियोगिता आयोजना गरिरहेको अध्यक्ष  खम्बुले जानकारी दिनुभयो

प्रतियोगिताका लागि सबै वडाहरूलाई सहभागिताका लागि आधिकारिक पत्र बुझाइसकिएको र मैदानको स्तरउन्नति गर्ने काम अन्तिम चरणमा पुगेको , प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि विभिन्न समिति तथा उपसमितिहरू निर्माण गरी कार्य विभाजन भइरहेको खम्बुले जानकारी दिनुभयो

प्रतियोगितामा देउमाई नगरभित्रका सम्पूर्ण नौ वटै वडाहरूको सहभागिता रहने छ। प्रतियोगिताको विजेताले आकर्षक ट्रफी मेडल र प्रमाणपत्रका साथमा नगद पुरस्कार प्राप्त गर्नेछन्। गत संस्करणको विजेताले नगद ५५, हजार पाँच सय ५५ रुपैयाँ र उपविजेताले ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गरेका थिए। यो संस्करणमा पुरस्कार राशिमा वृद्धि गरी निकै नै आकर्षक ट्रफीका साथमा नगद पुरस्कार प्रदान गरिने तरुण दल देउमाई नगर  कमिटी सचिव विनम ढकालले जानकारी दिनुभयो

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजकले जानकारी दिनुभएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कालिटार युवा समाज कप : याङ्ग्री एफसी र न्यू स्टार एफसी सेमिफाइनलमा

इलाम । प्रथम कालिटार युवा समाज कप फुटबल प्रतियोगिता २०८३ को क्वार्टरफाइनलमा जित निकाल्दै याङरी एफसी रोङ–३ र न्यू स्टार एफसी बुद्ध...

Coastal_treasures_revealed_with_Fishin_Frenzy_for_ultimate_reel_excitement

Coastal treasures revealed with Fishin Frenzy for ultimate reel excitementUnderstanding the Core Gameplay MechanicsThe Importance ...

Significant_changes_surrounding_labcasino_deliver_measurable_results_for_ambitio

Significant changes surrounding labcasino deliver measurable results for ambitious playersUnderstanding the Core Mechanics of Mode...

टु स्टार ग्रामीण सृजनशील क्लबको अधिवेशन सम्पन्न , विजय नेम्बाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

पाँचथर ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङमा रहेको टु-स्टार ग्रामीण सृजनशील क्लबको १६ औँ साधारण सभा तथा छैटौँ अधिवेशन ...